टनेला बनाउन कृषकलाई प्लाष्टिक वितरण,फस्टाउँदै फुल खेती

टनेला बनाउन कृषकलाई प्लाष्टिक वितरण,फस्टाउँदै फुल खेती




चिसाङ शेर्पा खोटाङ,
महिला लक्षित कार्यक्रम अन्तरगत हलेसी तुवाचुङ नगरपालिकाले बेमौसमी पुष्प खेती गरिरहेका महिला कृषकहरुलाई टनेला बनाउन प्लाष्टिक वितरण गरेको छ । नगरपालिकाको वडा नं. ७ महादेवस्थानस्थित गैरीगुठ र डाडाँगुठका प्रगतीशील पुष्प खेती समुहका २० जना महिला कृषकहरुलाई प्लाष्टिक वितरण गरिएको हो । व्यवसायिक रुपमा फस्टाउँदै गएको पुष्प खेतीलाई प्रोत्साहन स्वरुप नगरपालिकाले सहयोग गर्दै आएका छन् ।


नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तरगत बिनियोजन गरिएको दुई लाख बजेटबाट मंगलबार २० थान प्लाष्टिक हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र उप-प्रमुख बिमला राईले एकसाथ महिला कृषकहरुलाई हस्तान्तरण गरेका छन् । सोही बजेटबाट नगरले पुष्प खेती गरिरहेका उक्त समुहका कृषकहरुलाई फुलको बिउ, बिजन र पानी लगाउने हजारी वितरण गरिसकेको छ । केही मात्रामा कृषकहरुले हजारी लैजान बाँकी रहेको छ ।

प्रसिद्ध त्रि–धार्मिकस्थल रहेको वडामा पछिल्लो समय पुष्प खेती फस्टाउँदै गएको छ । पुष्प खेतीवाट हप्तामा एक व्यक्तिले तीन हजार पाँच सय रुपैयाँसम्म आम्दानी लिने गरेको नगरपालिकाकी उप-प्रमुख राईले बताईन् । त्यहाँ पुष्प खेतीको संम्भावना बढेसँगै कृषकहरु उत्साहित भएका छन् । कृषकले उत्पादन गरेको पुष्प (फुल)हरु विभिन्न सार्वजनिक कार्यक्रम, नजिकैको धार्मिकस्थल हलेसी मन्दिर तथा बेला बेलामा जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ।
गत वर्षबाट नगरपालिकाको एक लाख ५० हजार आर्थिक सहयोगबाट सुरु भएको पुष्प खेतीले राम्रो प्रगती लिएको छ । हाललाई कृषकले वजारको माग अनुसार फुलको माग पूरा गर्न सकेकोे र उत्पादन वढ्दै गएर बजारको अभाव भएमा फुल विक्रीका लागि वाहिरी वजारमा सम्पर्क गरिदिने कृषि शाखा प्रमुख टिकाराम न्यौपानेले बताए ।
२०७६ बैशाख ३१ गते राती ८ :३८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology