समायोजन खबर खोटाङ,
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिबस राईले पहिचानको पक्षमा लडेका राजनैतिक शक्ती र संगठनहरु गुमनाम बन्न पुगेको बताएका छन् । खोटाङमा बिहिबार किरात राई बिद्यार्थी संघ केन्द्रिय समितिको ९ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष राईले पहिचानको पक्षमा लडेका राजनैतिक संगठनहरु गुमनाम भएपछि पहिचानको मुद्धामा यायोक्खा एक्लै अगाडि बढिरहेको बताएका छन् ।

२०६२/०६३ को जनआन्दोलन सँगै किरात प्रदेश घोषणाको माग सहित नारा घन्काउँदै आउँदा हाल पहिचानको कुरा गर्ने संगठनका नेता यायोक्खालाई सल्लाह र उपदेश दिने अवस्थामा पुगेको अध्यक्ष राईको भनाई थियो । ‘अहिले हामी प्रदेशको किरात नामाकरण गर्ने निर्णायक मोडमा आइपुगेका छौँ । तर, यो अभियानमा यायोक्खा मात्रै कुदिरहेको छ । भातृ र सहयात्री संगठनले मात्रै साथ दिइरहेको अवस्था छ,’ अध्यक्ष राईले भने, ‘पहिचानको पक्षमा लडेका राजनैतिक संगठनहरु गुमनाम भइरहेको अवस्था छ । किरात प्रदेशको माग उठाएर सडकमा आउनुपर्ने संगठनहरु अगाडि बढिरहेको छैन ।’
प्रमुख अतिथिकारुपमा अध्यक्ष राईले पहिचान पक्षधर समुह एकजुट भएर मैदानमा उत्रिए किरात प्रदेश बनाउनमा कसैले रोक्न नसक्ने बताए । पहिचानको मागमा लडेको १५ वर्षभन्दा अवको केही महिना महत्वपूर्ण हुने उल्लेख गर्दै राईले सडकदेखि सदन तताउनुपर्ने बेला आएको बताए । ‘पहिचानको पक्षमा १५ वर्ष लड्यौँ । हाम्रा लागि त्योभन्दा महत्वपूर्ण अवको केही महिना हुने छ । विधि र प्रकृयाका हिसावले ठीक निर्णय गर्ने घडी आएको छ,’ राईले भने, ‘त्यसका लागि अठारै घण्टा किन खट्न नपरोस्, दिनका दिन किन दौडिन नपरोस्, घण्टौं बहस गर्न किन नपरोस्, अव हामी सडकमा पनि ओर्लिन पर्छ । राजनैतिक तहदेखि सडकमा पनि त्यत्तीकै भूमीका खेल्नु पर्ने बेला आएको छ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राईले पनि प्रदेशको नाम किरात राख्नमा पछि नहट्ने प्रतिवद्धता गरेका छन् । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौँ, किरात स्वयत्त राज्य निर्माण गर्नका लागि गाउँ नगर लागौँ’ भन्ने नारासहित सुरु भएको संघको सम्मेलन तीन दिनपछि नयाँ नेतृत्व चयन एबं भावी कार्यदिशा तय गर्दै सम्पन्न हुने जनाइएको छ ।
२०७६ बैशाख २७ गते बिहान ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology