चिसाङ शेर्पा खोटाङ,
किरात राई यायोक्खा खोटाङका आजीवन सदस्य पर्खन बहादुर राईद्धारा लिखित ‘किरात इतिहास र संस्कृति’ नामक पुस्तकको विमोचन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा ढुङ्गेका स्थानीय राईद्धारा लिखित पुस्तक मंगलबार सोल्मास्थित शुभद्रा–मदन फाउण्डेशनमा एक कार्यक्रमका बिच विमोचन गरिएको हो ।
किरात राई यायोक्खा खोटाङको आठौं जिल्ला अधिवेशनको अवसरमा यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, सचिव अर्जुन जुम्लेली राई, कोषाध्यक्ष देवान राई, यायोक्खा खोटाङका अध्यक्ष अन्जना राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, नेकपाका नेता रामप्रसाद दंगाल, कांग्रेस नेता सुमनवावु आचार्य लगायतले पुस्तकको विमोचन गरेका हुन् । २ सय १६ पेज लामो पुस्तकमा खोटाङको संक्षिप्त परिचय, किरात इतिहास, किरात गढीहरु, किरात राईको संस्कार, संस्कृति, किरात चाड, धर्म, दर्शन, तुवाचुङ जायजुमका विषयवस्तुहरु समेटिएको छ ।

पुस्तकमा किरात राईहरुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र संस्कारको विषयमा खोज अनुसन्धान र संकलनबाट प्राप्त सामग्रीहरु तथा आफ्नै जीवनको भोगाइबाट प्राप्त ज्ञान, सिप, अनुभव र प्रयोग सँगालेर पुस्तक प्रकाशित गरिएको हो । पुस्तकको माध्यमबाट किरात राईहरुको धर्म, संस्कार, संस्कृति र इतिहासको संरक्षण गर्न सहयोग पुग्नेछ । भावी पुस्ताका खोज अनुसन्धानकर्तालाई मार्गदर्शक बन्ने लेखक राईले बताए । भारतीय आर्मीबाट रिटार्यड सुविदार ८० वर्षीय लेखक राईको यसअघि किरात चाम्लिङ राई बाडाछा (माथा) परिवारको वंशावली (२०६१) प्रकाशित भइसकेका छन् ।
२०७६ बैशाख २५ गते बिहान ९ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology