• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेतृ वजिमय र व्यवसायी शेर्पाद्धारा किरात राई बिद्यार्थी संघलाई पानी सहयोग

नेतृ वजिमय र व्यवसायी शेर्पाद्धारा किरात राई बिद्यार्थी संघलाई पानी सहयोग


समायोजन खबर
  • सोमबार, बैशाख २३ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङ कांग्रेसकी नेतृ तथा पुर्व संविधानसभाकी सदस्य सरस्वती वजिमयले किरात राई बिद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनका लागि मिनिरल वाटर सहयोग गरेकी छिन् । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौं, किरात स्वयत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं’ भन्ने नारासहित आगामी बिहीबारदेखी शनिबारसम्म दिक्तेलमा हुने सम्मलेनका लागि नेतृ वजिमयले ५० कार्टुन मिनिरल वाटर सहयोग गरेकी हुन् ।

    १० हजार रुपैयाँको मिनिरल वाटर नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङका सभापति राजकुमार वस्नेत लगायतका विधार्थी नेताहरुले किरात राई बिद्यार्थी संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राई, नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राई, किरात राई यायोक्खाका सचिव युगसन किरात र सल्लाहकार सुर्य बहादुर राईलाई हस्तान्तरण गरेका छन् ।


    यस्तै, मिरमिरे जलका प्रोपाईटर तथा व्यवसायी फुर्वा शेर्पाले दुई हजार रुपैयाँको १० कार्टुन मिनिरल वाटर सहयोग गरेका छन् । उनले आफै दिक्तेल आएर आयोजकलाई मिनिरल वाटर हस्तान्तरण गरेका हुन् । हिजो मात्रै नेविसंघ खोटाङले सम्मेलन सफल पार्न ४८ हजार १७७ रुपैयाँ आर्थिक सहयोग गरेको थियो । नेविसंघको सहकार्यमा विभिन्न पेशामा आवद्ध ५२ जना व्यक्तिहरुबाट संकलित रकम आईतबार आयोजकलाई प्रदान गरिएको थियो ।
    २०७६ बैशाख २३ गते साँझ ५ : २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology