• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फोरम र नयाँ शक्तिबीच एकताको तयारी

फोरम र नयाँ शक्तिबीच एकताको तयारी


समायोजन खबर
  • बिहिबार, बैशाख १९ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईले नेतृत्वको गर्नुभएको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिनुभयो ।
    यादवका अनुसार पार्टी एकता प्रक्रिया अघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।
    २०७६ बैशाख १९ गते बिहान ७ :२३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology