समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १ सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा, संयुक्त ट्रेड युनियम समन्वय केन्द्रले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मजदुरका मागलाई लागू गराउन संयोजनको भूमिका खेल्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले इतिहासमै यो सरकारले मजदुरको हितको लागि काम गरेको दाबी गर्नुभयो । सरकारले रोजगारको ग्यारेन्टी गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाल औद्योगिक शान्तिको लागि विश्वमै नमुनाको देशको रूपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।
यस्तै कार्यक्रममा सहभागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक सुनिश्चित गर्दै समाजवादको आधार निर्माण गर्ने बताउनुभएको छ । प्रचण्डले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो छुट्याएर अघि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो । पुँजीवादीसँग समन्वय गर्दै हातेमालो गर्ने हो भने आचरण, संगठन मजदूरको हितमा नहुने उहाँको भनाइ छ । समाजवादी कि पुँजीवादी कता जाने हो बहस हुनुपर्ने उहाँले बताउनुभयो ।
२०७६ बैशाख १८ गते साँझ ५ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology