• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बिप्लवका जिल्ला ईन्चार्ज सहित १० जना पक्राउ

बिप्लवका जिल्ला ईन्चार्ज सहित १० जना पक्राउ


समायोजन खबर
  • मंगलबार, बैशाख १७ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर बाजुरा,
    नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला ईन्चार्ज भुपेन्द्र बि.क. सहित १० जना पक्राउ परेका छन् । बिकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीलले बिप्लव समुहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

    प्रक्राउ पर्नेमा बाजुरा जिल्ला ईन्चार्ज भुपेन्द्र बि.क.,सचिब भरत थापा,महिला संघ क्रान्तिकारीको केन्द्रिय सदस्य पबित्रा बि.क. जिल्ला कमिटी सदस्य अंगराज भण्डारी रहेका छन् । त्यस्तै बिद्यार्थी कमिटीका गोरख रोकाया, समिक्षा बि.क., सुशिला बि.क.,सुस्मिता बि.क. केशातार बि.क.र प्रेम थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विप्लव नेतृत्वको समुहलाई मंगलवार बिहान ५ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रक्राउ गरे सँगै उनीहरुबाट बिभिन्न बिष्फोटक पदार्थ समेत जफत गरेको छ । यस्तै चन्दा संकलन गरेका रसिद समेत फेला परेका छन् ।
    २०७६ बैशाख १७ गते साँझ ६ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology