• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डा. केके राईलाई ६ प्रश्न

डा. केके राईलाई ६ प्रश्न


समायोजन खबर
  • मंगलबार, बैशाख १७ २०७६

  • बरिष्ठ चिकित्सक तथा जनस्वास्थ्य विज्ञ डा. केके राई ।

    समायोजन खबर खोटाङ,
    उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रमुख सल्लाहाकार डाक्टर केके राई(कृष्णकुमार राई)लाई पछिल्लो समयमा देशमा भईरहेको स्वास्थ्य स्थितीका वारेमा समायोज खबर डटकमले लिएको अन्तर्वार्ताको सारसंक्षेप ।
    स्वास्थ्य मन्त्रालयले नीतिगत रुपमा के परिवर्तन गर्दैछ ।
    स्वास्थ्यमा चाँही नीतिगत रुपमा केही परिवर्तनहरु भईरहेको छ । खाशगरी ८० प्रतिशत भन्दा बढी जनसंख्या बस्ने ग्रामिण समुदायको लागि आधारभूत स्वास्थ्य सेवा पु-याउने, इमरजेन्सी लाइभ सेभिङ, भुइपरी आउने ज्यान बचाउने खालको आकस्मिक उपचार गर्ने, त्यो क्षमता, ज्ञान प्रवृत्ति भएका डाक्टर, चिकित्सकहरु, आकस्मिक विशेषज्ञहरु समेत रहनेगरी पालिका लेभलमा १५ बेडको प्राइमरी अस्पताल राख्ने र वडा तहमा आधारभूत स्वास्थ्य केन्द्रहरु राख्ने र त्यसको गुणस्तर उठाउने, आकस्मिक पर्दा ठूलो शहरमै लानुपर्ने अवस्थाको अन्त्य गरी स्वास्थ्य सेवाको गुणस्तर वढाउने, त्यसको सेवा सवै स्थानमा, सवै समुदायमा पु-याउने पहुंच विस्तार गर्ने लक्ष्य लिएर त्यो किसिमको संरचनाहरु निर्माण गर्ने योजनामा छ ।
    अहिलेको अवस्थमा नेपालमा स्वास्थ्य सम्बन्धि जल्दोबल्दो समस्या केके हुन् ।
    पहिलाको र अहिलेको स्वास्थ्य समस्यामा त्यति अन्तर त छैन । तर, केही परिवर्तनहरु चाँही भएको छ । जस्तो, पहिला सरुवा रोगहरु धेरै हुन्थ्यो, मलेरिया, झाडापखाला, सरुवा रोगले धेरै मान्छे मर्थे । भने, अहिले चाँही हाइवेहरुमा, शहरबजारमा सडक दुर्घट्ना बढीरहेको छ । अर्को चाँही सरुवा रोग चाँही हैन तर, नसर्ने रोगहरुको संख्या वढीरहेको छ । जस्तै डाइभिटिज, किड्नीको रोगी, दमको रोगी, क्यान्सर रोगहरु असाध्यै बढी रहेको छ ।
    ग्रामिण समुदायमा स्वास्थ्यको पहुंच बढाउन केके गर्दै हुनुहुन्छ ।
    ग्रामिण भेगमा वस्ने जनसंख्या ८० प्रतिशत भन्दा वढी हो । शहरमा २० प्रतिशत भन्दा कम छ । तर, उल्टो के छ भने, ८० प्रतिशत भन्दा वढी चिकित्सकहरु चाँही शहरमा बस्छन् । २० प्रतिशत जनसंख्याको सेवा गरेर । र, ८० प्रतिशत जनसंख्या वस्ने गाउँघरमा चाँही २० प्रतिशतभन्दा थोरै डाक्टर मात्रै जाने र त्यो पनि धेरै समय नवस्ने समस्या छ ।

    अव यसलाई परिवर्तन गर्नका लागि नयाँ नीतिको सोच चाँही के हो भने, संरचानहरुमा फेरवदल, संरचनाहरु सुधार, हेल्थपोष्टहरुलाई हेल्थ असिष्टेन्ट र अहेवहरु मात्रै राख्ने हैन अब, वडा तहमा चिकित्सकसम्म राख्न सक्ने अवधारणा, त्यसपछि पालिका तहमा आकस्मिक विशेषज्ञ एमडिजिपीसम्म राख्न सकिने व्यवस्था, त्यस्तो किसिमको स्वास्थ्य संरचना फैलाउदै लाने, एकैचोटी नसकिएला तर, क्रमिक रुपमा बढाउदै लाने र अनि यो आधारभूत स्वास्थ्य केन्द्र अथवा हेल्थपोष्ट भन्दा पनि टाढा छरिएर रहेको जनसंख्याको लागि पनि सामुदायिक स्वास्थ्य इकाईहरु विस्तार गर्ने, संरचनागत सुधारहरु स्थापनाले चाँही गाउँगाउँमा वसेका समुदायको लागि पनि स्वास्थ्य सेवा पु¥याउन सकिन्छ भन्ने उद्देश्यले संरचनागत सुधारको कामहरु थालिएको छ । त्यसमा पनि संस्था मात्रै हैन कि गुणस्तरीय स्वास्थ्य संस्थाहरु र त्यो किसिमको जनशक्तिहरु पु-याउने उद्देश्य लिएको छ ।

    दुरदराजहरुमा स्वास्थ्यको स्थिती एकदमै नाजुक देखिन्छ । स्वास्थ्य शहरमुखी छन् । दुरदराजका व्यक्तिहरुले कहिलेसम्म सहज तवरमा उपचार पाउँछन् ।
    खाशगरी ग्रामिण इलाकामा संरचनाहरु पु-याउने, आधारभूत स्वास्थ्य केन्द्रहरु र प्राथमिक अस्पतालहरु पु-याउने र त्यो आधारभूत स्वास्थ्य केन्द्र चाँही स्वास्थ्य चौकी भन्दा पनि त्यसको स्तर उन्नती गरिएको अथवा त्यसमा वढी दक्ष जनशक्ति र, चिकित्सक नै राख्न सकिने किसिमको प्रावधान राख्न सकिने व्यवस्था गरिएको छ । अर्को चाँही त्यो आधारभूत स्वास्थ्य केन्द्रवाट पनि टाढा छरिएर वसेको समुदायका लागि पनि लक्षित गरेर सामुदायिक स्वास्थ्य इकाईहरु राख्ने प्रावधान राखिएकाले पनि केही मान्छे पनि स्वास्थ्य सेवाबाट टाढा नहरहुंन् भन्ने उद्देश्य हो । कहिले चाँही घुम्ति शिविरबाट पनि विशेषज्ञ सेवाहरु दिने, आवश्यकता हेरेर वेलावेलामा स्वास्थ्य सेवा दिनुपर्ने लक्ष्य राखिएको छ ।

    खोटाङका स्वास्थ्य क्षेत्रमा के, कस्ता काम भईरहेको छ ।
    अरु जिल्ला भन्दा खोटाङलाई त हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौ । किन भने, सावाखोला पारीका समुदायका लागि अस्तपाल नै थिएन । त्यहाँ ठूलो जनसंख्या छ । त्यसका लागि भने आकस्मिक उपचार दिने, आकस्मिक बिशेषज्ञसहितको प्राथमिक अस्पतालको यसपाली भवन निर्माण हुने काम हुन्छ । रावाखोलापारी अर्को प्राथमिक अस्पताल राखेका छौ । १५ बेडको । १५ बेडको अस्पताल छितापोखरी, हलेसीमा राखेका छौ । भने, यहि सालमा खोटाङमा १५ बेडको प्राथमिक अस्पताल चार ठाउँमा राखेका छौ । चिसापानी, छितापोखरी, हलेसी र ऐंसेलुखर्कमा, त्यस्तै पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु साउनेचउर, माबे, लिच्किराम्चे, रावाबेंशी, मात्तिममा राखेका छौ । किन राखियो भन्दा यस अगाडी खोटाङ प्राथमिकतामा परेका थिएनन् । विस्तारै अब अन्य पालिकाहरुमा पनि १५ बेडको अस्पताल विस्तार गर्दै जाने योजना छ ।
    स्वास्थ्य रहनका लागि घरायसी उपायहरु के,के हुन ।
    स्वास्थ्य रहनका लागि पहिलो त खानपिन नै हो । खानपिनमा पनि अहिलेको कर्मसियल खानाहरु छन् नि चाउचाउ, डिउ, कोकाकोला, फ्यान्टा यस्ता यस्तै जुन खानेकुराहरु छ । जुन हामी जङफुड भनेर चिन्दछौ जङफुडले गर्दा धेरै रोगहरु आउने गरेको छ । त्यो जङफुडहरु हटाएर परम्परागत खानाहरु खाने र कर्मसियल खानाहरु छोडेर, अर्गानिक रोटी, मकै भटमास, खोले, दालभात खाएमा निरोगी भइन्छ । सकेसम्म अर्गानिक खानाहरु खानुपर्छ र समय समयमा आफ्नो स्वास्थ्य परिक्षण गराउने, रोगहरु छ भने समयमा नै पहिचान गराउने, मध्यपान, धुम्रपान नियन्त्रण गर्ने, समयमा सुत्ने, उठ्ने गरेमा निरोगी भइन्छ । प्रस्तुती, चिसाङ शेर्पा
    २०७६ बैशाख १७ गते बिहान ९ :४१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology