• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडक खन्दा झोलुङगे पुलको काममा बाधा

सडक खन्दा झोलुङगे पुलको काममा बाधा


चिसाङ शेर्पा
  • शनिबार, बैशाख १४ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    झोलुङगे पुल निर्माण भइरहेको स्थानमा माथिवाट सडक खनिएपछि पुल निर्माणमा बाधा पुगेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र उदयपुरको वलम्ता विचमा पर्ने सुनकोशी नदीमा निर्माण भईरहेको झोलुङगे पुल निर्माणमा बाधा पुगेको हो । माथिबाट सडक खनिएपछि ढुंगा माटोले पुल बन्ने स्थानको संरचना नै पुरेको छ ।

    गत वर्षको पुस १७ गतेबाट रुजन के निर्माण सेवाले १ करोड ३० लाखमा पुलको काम थालेको थियो । पुलका लागि राजापानी साईडमा फण्डिसनको काम भईरहेको भएता पनि माथिबाट सडक खन्दा ढुंगा माटो झरेर फण्डिसन पुरिएको र भिरालो भएर साईडमा गएर काम गर्न सकिने स्थिती नभएको कन्ट्रयाक्टर पेशल कुमार राईले बताए । संसदीय कोषको बजेटबाट निर्माण भईरहेको सडकको ढुंगा, माटो साईडमा आएर काम गर्ने स्थिती नहुंदा १ महिना २३ दिन काम बन्द भयो । उनले भने, काम गरौ गर्न सकिने अवस्था छैन । सडक खनेकै कारण कुनै पनि वेला पहरा खस्ने खतरा छ । कसरी काम गर्ने ।’
    काममा बाधा पुगेपछि १८ महिनामा सकिनु पर्ने २ सय ८७ मिटर लम्बाईको पुलको काम सम्झौता अवधिमा निर्माण नहुने भएकोे छ । सडक खन्दै जादा बचाउने प्रयत्न गरिए पनि केही मात्रामा ढुंगो माटो खसेको रेग्मीटार भाडबेशी धितुङ हलेसी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष कुमार वुढाथोकीले बताए । खाशै ठूलो समस्या हैन । अलिअलि माटो झरेको छ । प्राविधिकलाई नाप्न लगाए वजेट पनि छुटाई दिने निर्णय गरेका छौ । उनले भने ‘वास्तविक समस्यालाई समाधान हुने वजेट दिनेछौ ।’ पुल र सडकको काम लगभग सँगसँगै भएकाले केही मात्रामा धुलो झरेको अध्यक्ष वुढाथोकीले सुनाए । संसदीय कोषको ५० लाख बजेटबाट सो सडक निर्माण भइरहेको हो ।

    सडक खन्दा पुल बन्ने स्थान पुरिएर अलिअलि बनेको संरचना नै मेटिएकोे हलेसी तुवाचुङ नगरपालिकाकी नगर उपप्रमुख बिमला राईले बताईन् । सडक खन्नु अघि पुलको कामको मुल्याङकन, अथवा अगाडी पछाडी गर्नुपर्ने थियो । तर काम गर्दै गरेको अवस्थामा माथिबाट सडक खनेर पुरिसकेपछि समस्या चाहिं आएकै हो । उपप्रमुख राईले भनिन्, ‘दुवैजना ठेकेदार भएकाले समन्वय गरेर समाधान गर्नुपर्छ ।’ यसवारेमा आफूलाई जानकारी नभएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।
    २०७६ बैशाख १४ गते अपरान्ह ३ :४३मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology