• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चिसापानीबजारमा विजुली वत्ती वल्यो

चिसापानीबजारमा विजुली वत्ती वल्यो


समायोजन खबर
  • शनिबार, बैशाख १४ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबजारमा विजुली वत्ती वलेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र समेत रहेको चिसापानीबजारको ६६ घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत वलेको हो । वत्ती वलेपछि स्थानीय हर्षित भएका छन् ।

    गाउँपालिका, विद्युत प्राधिकरण र संसदीय विकास कोषको बजेटबाट विस्तार गरिएको विद्युत शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् । चिसापानीबजारको विपि चोकमा आयोजना गरिएको कार्यक्रममा सांसद भट्टराईले विजुलीको स्वीच दबाएर विद्युत लाईनको उद्घाटन गर्नुभएको हो ।
    जिल्लाको दुर्गम क्षेत्रमा पर्ने चिसापानीबजारमा टुकी र सोलारको भरमा रात कटाउँदै आएका स्थानीयबासीको घरमा चौबीसै घण्टा विजुली बलेपछि हर्षित भएका छन् । विद्युत वलेसँगै चिसापानीबजारमा इमेल÷इन्टरनेट चलाउन, कम्प्युटर चलाउन, टेलिभिजन हेर्न, कुटानीपिसानीका मिल सञ्चालन लगायत विद्युतीय काममा सहज भएको छ । विद्युत विस्तार भएपछि सबैभन्दा बढी विद्यार्थीलाई सहज भएको गाउँपालिका अध्यक्ष शंकरमान राईले बताए । गाउँपालिकाको केन्द्रबाट विस्तार शुरु गरिएको विद्युत क्रमशः बाँकी वडामा पनि विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।
    २०७६ बैशाख १४ गते अपरान्ह ३ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology