समायोजन खबर काठमाण्डौ,
सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । चिनियाँ भाषा शिक्षक संघले आज काठमाडौंमा गरेको ‘दोश्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेलाको उद्घाटन गर्नुहुँदै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो । 
नेपाल–चीन शैक्षिक मेलाको शुरुवात हुनु सह्रानीय कार्य हो, सभामुख महराले भन्नुभयो, यस्ता मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् । दुई देशबीचको घनिष्ठ सम्बन्ध र सहकार्य भए पनि भाषिक समस्याका कारण जनस्तरसम्म शिक्षा, संस्कृति र अनुभव आदान प्रदानमा कठिनाई हुने गरेको सभामुख महराले बताउनुभयो ।
२०७६ बैशाख ८ गते राती ८ : १० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology