• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किरात राई यायोक्खा खोटाङको आठौं जिल्ला अधिवेशन बैशाख चौथो हप्तामा

किरात राई यायोक्खा खोटाङको आठौं जिल्ला अधिवेशन बैशाख चौथो हप्तामा


चिसाङ शेर्पा
  • आइतबार, बैशाख ८ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    किरात राई यायोक्खा खोटाङको आठौं जिल्ला अधिवेशन बैशाखको चौथो हप्तामा हुने भएको छ । शनिबार दिक्तेलस्थित रत्नपार्क यायोक्खाको कार्यालयमा बसेको छलफलले आगामी बैशाख २४ र २५ गते दिक्तेलमा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन सम्पन्न गराउनका लागि अन्जना राईको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।
    यस्तै, जिल्ला अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । यायोक्खाका निवर्तमान उपाध्यक्ष हत्तिराम राईको संयोजकत्वमा ११ सदस्यीय व्याबस्थापन उपसमिति, निवर्तमान उपाध्यक्ष लक्ष्मी राईको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिति, निवर्तमान सचिव युगसन किरातको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, निवर्तमान कोषाध्यक्ष सन्जिब राईको संयोजकत्वमा ५ सदस्यीय साउण्ड सिस्टम उपसमिति गठन गरिएको छ ।

    यसैगरी, नैनकला राईको संयोजकत्वमा ३ सदस्यीय अतिथि व्यवस्थापन उपसमिति र उदिम चाम्लिङको संयोजकत्वमा १० सदस्यीय स्यवंसेवक उपसमिति गठन गरिएको प्रचार प्रसार उपसमिति संयोजक युगसन किरातले बताए । छलफलले जिल्लामा रहेको २ नगरपालिका र ८ गाउँपालिका मध्ये बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आगामी शनिबार नगर सम्मेलन गर्ने र अन्य बाँकी ४ वटा गाउँपालिकाहरुमा बैशाख १८ गतेसम्म गाउँ सम्मेलन गर्ने निर्र्णय गरेको छ । जिल्ला अधिवेशनसँगै खोटाङमा हुने किरात राई विधार्थी संघको नवौं राष्ट्रिय सम्मेलनलाई प्रचार प्रसारको रुपमा लैजाने समेत निर्णय भएको छ । नवौं राष्ट्रिय सम्मेलन बैशाख २६,२७ र २८ गते हुनेछ ।
    २०७६ बैशाख ८ गते बिहान ९ः४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology