• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भूउपग्रह ‘नेपाली स्याट १’ अन्तरिक्षमा सफल प्रक्षेपण

भूउपग्रह ‘नेपाली स्याट १’ अन्तरिक्षमा सफल प्रक्षेपण


समायोजन खबर
  • बिहिबार, बैशाख ५ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    नेपालले आफ्नो पहिलो भूउपग्रह (स्याटेलाइट )‘नेपाली स्याट १’ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ । नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार आज बिहान साढे २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनीको रकेटबाट स्याटेलाइट पठाइएको हो । ‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको युगुसु भूउपग्रह प्रक्षेपण गरिएको नासाले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूउपग्रह प्रक्षेपण भएकोमा संलग्न सबैलाई बधाइ दिनुभएको छ । करिब डेढ करोडको लागतमा बनेको यो स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ । यो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ । घनाकार स्याटेलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर छ । यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) मा नेपालका २ र अन्य देशका ८ वैज्ञानिकले तयार पारेका हुन् । यसको आयु अधिकतम ३ वर्ष हुने र यसले खिचेका तस्बिरहरू सामान्य खालका हुने नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले बताउनुभयो । प्राविधिक रुपमा उच्च क्षमताको नभए पनि आफ्नै स्याटेलाइट अन्तरिक्षमा पु-याउने पहिलो कदम नेपालको विज्ञान क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको ढकालको भनाई छ । स्याटेलाइटले अन्तरिक्षमा पुग्ने बित्तिकै भने काम सुरु गर्ने छैन ।

     

    अन्तरिक्षमा पुगेको झन्डै एक महिनासम्म इन्टरनेसनल स्पेस स्टेसनमा गएर बस्ने छ । प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि मात्र स्याटेलाइट पृथ्वी वरिपरि घुम्ने छ । मे महिनाको अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने र त्यसको तीन दिनपछि स्याटेलाइटले तथ्यांक पठाउन सुरु गर्ने अनुमान गरिएको छ । यो स्याटेलाइटले पृथ्वीसँग निश्चित दुरीमा रहेर ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने छ । यस क्रममा नेपालको आकाशमाथि दैनिक ४ देखि ५ मिनेट रहने छ । यसले पठाउने तथ्यांक र सूचना विश्लेषणका निम्ति ‘ग्राउन्ड स्टेसन’ तयार नरहे पनि पृथ्वीको चक्कर काट्न थाल्ने बेलासम्म निर्माण पूरा गर्ने योजना रहेको ढकालले बताउनुभयो । यसको आयु नसकिँदै मध्यम आकारको अर्को स्याटेलाइट उडाउने नास्टको लक्ष्य छ ।
    २०७६ बैशाख ५ बिहान ८ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology