समायोजन खबर काठमाण्डौ,
मलेसियामा जारी आईसीसी १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको चौथो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरीरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ ओभरमा ३५ रन बनाएको छ र २ विकेट गुमाइसकेको छ ।
ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । अघिल्ला तीन खेलमा दुई जित निकालेको नेपालले आजको खेलमा ओमानसँग जित निकालेर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्ने योजना बनाएको छ । दोस्रो स्थानको नेपालले ३ खेलबाट ४ अङ्क जोडेको छ । तुलनात्मक रूपमा नेपालभन्दा ओमान कमजोर देखिएको छ । ओमानले ३ खेलमा २ अङ्क जोडेको छ ।
२०७६ बैशाख ३ गते बिहान ९ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology