चिसाङ शेर्पा खोटाङ,
नेपाल तामाङ घेदुङ संघको साकेला गाउँपालिका कार्य समिति चयन गरिएको छ । सुन्दर तामाङ लामाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको हो । सोमबार गाउँपालिकाको वडा नं. ४ मात्तिममा गठन गरिएको समितिको उपाध्यक्षमा हंशराज तामाङ, सचिव शुक्र बहादुर तामाङ, सह–सचिवमा प्रताप सिं लामा तामाङ र कोषाध्यक्षमा पुर्णकला तामाङ चयन भएकी छिन् ।
यस्तै, उक्त समितिले शरण लामा मोक्तानको संयोजकत्वमा गाउँपालिका स्तरीय ७ सदस्यीय नेपाल तामाङ घेदुङ लामा कार्य समिति र ईन्द्र तामाङको संयोजकत्वमा ७ सदस्यीय पालिका स्तरीय सल्लाहाकार समिति पनि चयन गरेको नेपाल तामाङ घेदुङ संघ प्रदेश नं. १ सदस्य तथा जिल्ला कार्य समिति खोटाङका सह–सचिव कृष्ण कुमारी तामाङले बताईन् । यहि बैशाखभीत्र नै हुन लागेको जिल्ला भेलाका लागि तामाङ घेदुङ संघले जिल्लाको दश स्थानीय तहमा कार्य समिति चयनको काम थालेको हो ।
२०७६ बैशाख २ गते राती ८ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology