समायोजन खबर खोटाङ,
बाक्सिला फुटबल क्लबले खेलकुद पत्रकारिता पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार प्रतियोगीताको समापन कार्यक्रममा पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको हो । खेलकुदको गतिविधिलाई पत्रकारिताको माध्यमबाट कलम चलाई जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचय गराउन योगदान गरेको भन्दै पत्रकार शेर्पालाई सम्मान गरिएको बाक्सिला फुटबल क्लबका सचिव पबन श्रेष्ठले बताए । 
केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविको प्राङगणमा भएको कार्यक्रममा पत्रकार शेर्पालाई खादा ओढाएर ५ हजार ५ सय १० रुपैयाँका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । समायोजन खबर डटकमका सञ्चालक/सम्पादक रहेका शेर्पा हिमालय टाइम्स दैनिक र साझा सवालमा आवद्ध छन् । पत्रकार शेर्पालाई क्लबका अध्यक्ष सिवकुमार राई र गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । विगत २०६५ सालदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल शेर्पा नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव तथा नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङका सचिव हुन् ।
२०७५ चैत्र २७ गते साँझ ६ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology