चिसाङ शेर्पा खोटाङ,
दशौं बाक्सिला रनिङ गोल्डकपमा खेलक्षेत्रका दुई जना व्यक्तिलाई पुरस्कृत गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सञ्चालन भइरहेको प्रतियोगीतामा दुई जना खेलाडीलाई पुरस्कृत तथा खोटाङ फुटबल संघका अध्यक्षलाई सम्मान गरिएको छ ।
बाक्सिलास्थित पृथ्वी उच्च माविको प्राङगणमा आईतबार खोटाङ फुटबल संघका अध्यक्ष धु्रवविक्रम राईलाई दोसल्ला ओढाई कदर पत्र प्रदान गरिएको छ । यस्तै, किक थाइ वक्सिङ खेलाडी बरुण घले र एथलेटिक्स खेलाडी दिर्पा वस्नेतलाई कदर पत्रका साथमा जनही ५ हजार ५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको बाक्सिला फुटबल क्लवका पुर्व अध्यक्ष समिर राईले बताए । सम्मानित तथा पुरस्कृत व्यक्तिलाई क्लवका अध्यक्ष शिवकुमार राई लगायतले करदपत्र प्रदान गरेका छन् ।
यस्तै, प्रतियोगीताको अन्त्यमा खेलक्षेत्रमा कलम चलाउने जिल्लाका एकजना पत्रकारलाई ५ हजार ५१० रुपैयाँ बराबरको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने छ । गत चैत्र २३ गतेबाट सञ्चालन भईरहेको गोल्डकपमा हालसम्म केपिलासगढी गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगीतामा ११ टिमले सहभागीता जनाएको छ । प्रतियोगीता बुधबार समापन हुनेछ ।
२०७५ चैत्र २५ गते बिहान ११ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology