• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कम्मरमुनीको भाग नचल्ने रोगले थलिएका परिवारलाई आर्थिक सहयोग

कम्मरमुनीको भाग नचल्ने रोगले थलिएका परिवारलाई आर्थिक सहयोग

तीन जनालाई अपांग परिचयपत्र


चिसाङ शेर्पा
  • बिहिबार, चैत्र २१ २०७५

  • कम्मरमुनीको भाग नचल्ने रोगबाट पीडितहरुलाई रकम प्रदान गर्दै नगरप्रमुख दिपनारायण रिजाल लगायत । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    कम्मरमुनीको भाग नचल्ने रोगले थलिएका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको रामपुर डाँडाटोलका वीर बहादुर विश्वकर्मा र श्रीमती लक्ष्मीमाया विश्वकर्माको चार सन्तानका निम्ति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । उक्त परिवारका तीन छोरी र एक छोरा कम्मरमुनीको भाग नचल्ने रोगले मर्नु न बाँच्नु भईरहेका छन् । सपाङ्ग जन्म भएका उनीहरुमा उमेर क्रम अनुसार त्यस्तो रोग देखा परेको हो ।


    माईली छोरी ३० वर्षीय कोपिला, जन्तरी २२ वर्षीय अनिशा, लखन्तरी २० वर्षीय मनिशा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्मालाई बिहीबार घरैमा पुगेर नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तराज प्रसाईले ५० हजार नगद प्रदान गरेका छन् । कोपिलालाई ‘क’ वर्ग र मनिशा र अनिशालाई ‘ख’ बर्गको अपांग परिचयपत्र प्रदान गरिएको छ । ‘क’ वर्गका अपांग परिचयपत्र पाउनेले माशिक २ हजार तथा ‘ख’ वर्गको अपांग परिचयपत्र पाउनेले माशिक ६ सयका दरले अपांगता भत्ता पाउने नगरपालिकाका राजनीतिक सल्लाहाकार कमल ढकालले जानकारी दिए ।

    आर्थिक अवस्था अत्यन्तै नाजुक भएको सो परिवारमा यस्तो समस्या माईली छोरी कोपिलाबाट सुरुवात भएको हो । हिड्ने क्रममा खुट्टा लरखरिने, लाटिएर ढल्ने, भनेको समयमा खुट्टा नलाग्ने, खुट्टाले टेक्न नमान्ने समस्याले कोपिला भने थला नै वसेका छन् । उनलाई कक्षा ५ पढ्दादेखी उक्त समस्या सुरु भएको थियो । विद्धालय जाँदा लडेको र त्यसपछि विस्तारै कम्मरमुनीको अंग चल्न छोडेपछि कोपिला हिड्न सक्दैनन् । कोपिलामा यो समस्या भएको १२ वर्ष पुग्यो । यहि समस्या अन्य सन्तानमा पनि सर्दै गएको छ ।


    अनिशामा कम्मरमुनीको भाग नचल्ने रोग लागेको पाँच वर्ष र मनिषामा दुई वर्ष भयो । अनिशा मनिशासहित कोपिलालाई अहिले चर्पी लैजान तथा एक स्थानबाट अर्को स्थान गर्न आमाले बोकेर लानुपर्छ । कान्छा छोरा चेतराज भने, अहिले सहज तरिकाले हिडदैनन्, हिड्दा खुट्टाले भर नदिने, काम्ने, लर्बराउने हुन्छ । कम्मरमुनीको भाग चलाएर हिड्न धेरै सकस हुन्छ । कम्मरमुनीको भाग नचल्ने यो समस्या उनलाई दुई वर्षदेखी भएको आमा लक्ष्मी मायाले बताईन् । कान्छो छोरा हिड्न सक्ने भए पनि उनको खुट्टा लर्खरिने, लाटिएर ढल्ने समस्या दिनानु दिन वढ्दै गइरहेको छ ।

    सोही रोगका कारण काईली उषा विश्वकर्माको गत वर्षको माघ १३ गते २५ वर्षको उमेरमा मृत्यु भएको थियो । पाँच छोरी र चारजना छोरामध्ये जेठी छोरी संगीता र कान्छी छोरी अस्मिता तथा जेठा राजेन्द्र, माइला ईन्द्र कुमार र साईला कृष्ण विश्वकर्मालाई सो रोग छैन । वीर अस्पतालका न्युरो सर्जनसँग चेकजाँज, पाटन अस्पतालमा एमआरआई र सिभिल अस्पतालमा सिटी स्क्यान गरेर पुनः वीर अस्पतालकै परामर्श केन्द्रले सवै डकुमेन्ट हेर्दा उनीहरुमा बंशानुगत रोग भएको अनुमान गरेको छ । बंशाणुगत रोग हो÷हैन त्यो चेक गर्नका लागि दिल्लीको गंगाराम अस्पताल रेफर गरिदिएको नेपाली साझा मञ्चकी उपाध्यक्ष शारदा भुसालले बताईन् । जसको लागि उपचार गर्न अनुमानित पाँच लाख भारु लाग्नेछ ।


    यो पनि पढ्नुहोस

    कम्मरमुनीको अंग नचल्ने रोगले थल्लिए एकै परिवारका चार सन्तान

    २०७५ चैत्र २१ गते साँझ ५ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology