चिसाङ शेर्पा खोटाङ,
खोटाङका लागि प्रमुख जिल्ला अधिकारीका रुपमा आएका प्रजिअ बिष्णुहरि उपाध्यायले अबको फोकस विकासमा हुनुपर्ने बताएका छन् । पत्रकार र प्रशासन एकापसमा समन्वय गरेर विकासमा लाग्नुपर्ने बताएका हुन् ।

मंगलबार जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ उपाध्यायले आफू संञ्चार क्षेत्रसँग नजिक रहेको बताउदै जिल्लाको विकासे गतिविधि तथा सुशासनका पक्षमा पत्रकारलाई सुचना दिनमा पछि नपर्ने र माग्नमा पनि पत्रकार पछि नपर्नुपर्ने बताए । पत्रकार भनेको गलत ट्रयाक देखाई दिने आँखा हो । मैले र मेरा मातहतका कर्मचारीले गलत गरेमा डाईरेक्ट फोन मार्फत जानकारी गराउनुहोस । प्रजिअ भन्छन्, ‘कसैलाई छुट हुन्न ।’
चाडो समाचार सम्प्रेषण गर्ने सन्दर्भमा पुष्टि नभएका समाचार पनि आउने गरेको र त्यस्ता विषयलाई पत्रकारले गम्भिर भएर सोच्न समेत उनले आग्रह गरे । जिल्लाका नराम्रो संस्कारलाई चिर्दै विकासकै पाटोमा लाग्न आग्रह गरे । पत्रकारहरुले जिल्लाको विकासमा भएको बेतिथि, सरकारी सवारी साधन दुरुपयोग गर्ने कर्मचारीलाई कारवाही नभएको, त्यो फायल रि ओपन गर्न र तीनजना महिलाको हत्यामा संलग्नको हत्यारा अझै पत्ता लगाउन प्रहरी, प्रशासन चुकेको प्रसंग उठाएका छन् ।

२०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
२०७५ चैत्र २० गते साँझ ५ :५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology