• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बजारमै ज्यानमारा सडक, कसैको आँखा नै पुग्दैन ?

बजारमै ज्यानमारा सडक, कसैको आँखा नै पुग्दैन ?


चिसाङ शेर्पा
  • बुधबार, चैत्र २० २०७५

  • जिल्ला समन्वय समितिको कार्यालय अगाडी रहेको जोखिम पुर्ण सडक । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको सदरमुकाम दिक्तेलको मुख्य नाकामा रहेको कच्ची सडक जोखिम पुर्ण बनेको छ । जिल्ला समन्वय समितिको कार्यालय अगाडी र मालपोत कार्यालय पछाडीबाट केही वर्ष पहिले नाका खुलेको सडकमा बिछ्याइएका ठूलाठूला ढुंगालाई गाडी तथा मोटरबाईकले खोतलेर निकाल्दा सडक अत्यन्तै जोखिम बनेको छ । त्यसैत सडक डरमर्दो ओरालो र घुम्तीमा अवस्थित छ ।

    सदरमुकाम भित्रिने तथा बाहिरने छोटो दुरीको सडकमा कसैको आँखा नजादाँ सडक ज्यानमारा बन्दै गएको छ । सडक ओरालो, घुम्ति तथा घुम्तिको मुनी अर्को कच्ची सडक रहेको छ । असरल्ल निस्किएका ढुंगाबाट सवारी साधन चिप्लिएर अथवा ब्रेक नलागेमा सिधै सवारी साधन घरमा बजारिने वा मान्छे माथि चड्नेछ । सो सडकमा दिनमा दर्जनौ गाडी तथा मोटरबाईक कुद्ने गरेको छ । सडक झन-झन बिग्रिरहेको छ । अचम्म त, सोही सडक प्रयोग गरेर जिल्लाका ठूलाबडाहरु दैनिक जसो यात्रा गर्छन् । सोही स्थानमा बसेर जिल्ला नै कायापलट गर्ने गफ चुट्छन् ।

    जोखिमपुर्ण सोही सडक प्रयोग गरेर युवायुवती, बृद्धबृद्धाहरु समन्वय समिति र प्रशासनमा कामका लागि धाउनुपर्छ । उनीहरुको ज्यानको जोखिम उस्तै छ । सडक डिभिजन कार्यालय ओखलढुंगाले आलटाल गरेर निर्माण गरेको सडक अहिले प्रयोग गर्ननै मुस्किल भएको जिल्ला समन्वय समितिका एकजना सदस्यले बताए । यथासिघ्र नगरपालिकाबाट बनाउने भन्ने कुरा छ । उनले भने, मालपोत कार्यालयको पछाडी होचो सकडबाट नै सडकलाई काट्दै,काट्दै उकालो नष्ट गर्नेगरी समन्वय र मालपोतको पेटीपेटीमा सडक बनाउने सोच छ ।

    जिल्ला समन्वय समितिको कार्यालय अगाडी रहेको जोखिम पुर्ण सडक । तस्विर चिसाङ शेर्पा

    उक्त सडकको स्टीमेट तयार भइसकेकाले नगरले तुरुन्तै निर्माण गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । ठूलो बजेटमा स्टीमेट तयार भएको छ । काम गर्दै जानेछौ, तत्कालका लागि मालपोेत कार्यालयदेखी समन्वयको ओरालोसम्म सम्याउने (बनाउने) छौ । त्यस क्रममा ओरालोमा रहेको समन्वय समितिको एक वटा एक घर समेत भत्काईने छ ।
    २०७५ चैत्र २० गते अपरान्ह ४ः५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology