चिसाङ शेर्पा खोटाङ,
चट्याङका कारण लघु जलविधुतको एलसि बोर्ड जल्दा साढे २ सयभन्दा बढी घरधुरी अध्याँरोमा बस्न बाध्य बनेका छन् । साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको एलसि वोर्ड बिगार्दा २ सय ५२ घरधुरी अध्याँरोमा बस्न बाध्य बनेका छन् ।

चैत्र १२ गते हावाहुरी र पानीसँगै परेको चट्याङले लघु जलविधुतमा क्षति गर्दा खिदिमासहित सोही गाउँपालिका–४ मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी वास्थलाका स्थानीयहरु अध्याँरोमा बस्नु परेको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए । क्षति पुगेको एलसि बोर्डलाई बुटवलमा पु-र्याएर टेस्टिङ गरिएको र दिक्तेल ल्याउनका लागि काठमाण्डौ पु-र्याइएको छ । एलसि बोर्ड आज बेलुकासम्म आईपुग्ने उनले जनाए ।

एलसि बोर्ड आज आएमा भोली अथवा पर्सि वेलुकाबाट बत्ती बल्ने छ । बत्ती नहुंदा नियमित कामकाजमा समस्या आएको स्थानीयले बताएका छन् । तीनै स्थानमा केन्द्रिय प्रसारण लाईनको विधुत पुगेको छैन ।
२०७५ चैत्र १६ गते दिउँसो १ :३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology