• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीको एपीएफ क्लबलाइ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि

सशस्त्र प्रहरीको एपीएफ क्लबलाइ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि


समायोजन खबर
  • शुक्रबार, चैत्र १५ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    महानिरीक्षक कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । आज हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको फाइनल खेलमा न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्रले उपाधि जितेको हो । सशस्त्रले खेल २५–१२, २५–११ र २५–११ को सोझो सेटमा जित्यो ।

     

    यो सँगै सशस्त्रले एकै वर्षमा खेलेका ११ फाइनलबाट १० ओटा उपाधि जितेको छ । उपाधिसँगै सशस्त्रले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको न्यू डायमन्डले एक लाख २५ हजार रुपैयाँ पायो । यस्तै, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ जित्यो । आज भएको तेस्रो स्थानको भिडन्तमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको थियो । सशस्त्र प्रहरी बलले विगत सात वर्षदेखि आफ्ना महानिरीक्षकका नाममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
    २०७५ चैत्र १५ गते साँझ ७ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology