चिसाङ शेर्पा खोटाङ,
खोटाङमा विधुत अवरुद्ध भएको छ । सोमबार राती वर्षासँगै आएको हावाहुरीका कारण विधुत अवरुद्ध भएको हो । उदयपुरको टपन र दियालो भन्ने जंगलको वीचमा रुख लडेर विधुत अवरुद्ध भएको हुनसक्ने विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेश यादवले बताए ।

संम्भावित स्थलमा प्राविधिक खटाइ सकिएको छ । विधुत अवरुद्ध हुंदा खोटाङसहित छिमेकी जिल्ला ओखलढुंगाका सेवाग्राही समेत मर्कामा परेका छन् । खोटाङमा १२ हजार ८ सय ८ जना यसका ग्राहक छन् ।
२०७५ चैत्र १२ गते बिहान ११ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology