• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रमुख निर्वाचन आयुक्तमा संखुवासभाका थपलिया सिफारिस

प्रमुख निर्वाचन आयुक्तमा संखुवासभाका थपलिया सिफारिस


समायोजन खबर
  • सोमबार, चैत्र ११ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    संवैधानिक परिषद्ले खाली रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ । संखुवासभाका थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार सेवानिवृत्त हुनुभएको थियो ।

     


    रिक्त आयुक्त पदमा भने कसैलाई पनि सिफारिस गरिएको छैन । यस्तै बैठकले समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ । विपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा नै बैठकले नाम सिफारिस गरेको हो । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता देउवाले आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएकाले उहाँको अनुपस्थितिमा पनि नाम सिफारिस गरिएको परिषदले जनाएको छ ।
    २०७५ चैत्र ११ गते साँझ ६ : १८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology