• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पक्की भवन बनाउदै केपिलासगढी

पक्की भवन बनाउदै केपिलासगढी


चिसाङ शेर्पा
  • सोमबार, चैत्र ११ २०७५

  • निर्माणाधिन केपिलासगढी गाउँपालिकाको भवन । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको केपिलासगढी गाउँपालिकाले पक्की भवन निर्माणको काम सुरु गरेको छ । गाउँपालिकाको कामकाजलाई अझ छिटो छरितो बनाउनलाई गाउँपालिकाको वडा नम्बर ४ स्थित बाक्सिला बजारमा २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भवन बनाउन थालेको हो ।

     

    गाउँपालिकाको २ करोड ९४ लाख ९३ हजार ८६३ रुपैयाँ (भ्याट कन्टेन्जेन्सी सहित) क्रमागत बजेटबाट निर्माण हुने भवनका लागि तत्काललाई ९० लाख बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत छबिलाल राईले बताए । क्रमागत रुपमा बजेट बिनियोजन गर्दै भवन बनाईनेछ । करिव महिना दिन अघिबाट सुरु गरिएकोे भवनको काम अन्तरगत जग खनेर पिल्लर ठडाउने, कंक्रिट गर्ने काम भईरहेको भवन निर्माण उपभोक्ता समिति अध्यक्ष सन्जय राईले जानकारी दिए । बिनियोजित बजेटबाटै डिपिआर, साइड क्लियरेन्स, कन्टेन्जेन्सी कटाएर बाँकी बजेटबाट यसपाली एकतला भवनको काम गरिनेछ ।


    बिसवटा पिल्लर ठड्याएर बन्ने तीन तले भवनको पहिलो तलामा सातवटा कोठा हुने निर्माण उपभोक्ता समिति अध्यक्ष राईले बताए । विद्धालयको भवन मर्मतगरी गाउँपालिकाको कार्य सम्पादन गर्दै आएको गाउँपालिकालाई भवन भनेपछि कार्य सम्पादनमा थप सहज हुने गाउँपालिका अध्यक्ष कृष्ण कुमार राईले बताए । दश स्थानीय तह रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मात्रै आफ्नै भवनबाट कामकाज गरिरहेको छ । अन्य पालिकाहरु पुराना सरकारी भवन मर्मत गरेर तथा भाडामा वसिरहेका छन् ।
    २०७५ चैत्र ११ गते बिहान ९ :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology