समायोजन खबर काभ्रेपलाञ्चोक,
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा, र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रबार राति काभ्रेको खानीखोला गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडका पक्राउ परे पनि प्रहरीले भने घटनाबारे पूर्ण जानकारी दिएको छैन् । मध्यरातमा खानीखोलाबाट काठमाण्डौ आइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय श्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई जिल्ला सदरमुकाम वा काठमाण्डौ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । जिल्लाकै दुर्गम भेग भएको हुनाले उनीहरुलाई ल्याउन केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।

२०७५ चैत्र ९ गते बिहान ८ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology