समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सालघारी सामुदायीक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बुधबार दिउँसोदेखि सामुदायीक वनमा लागेको डढेलो बिहीबार (आज) बिहान नियन्त्रणमा आएको हो ।
जालपाको साविक ८ र ९ मा पर्ने सामुायिक वनमा लागेकोे डढेलोलाई हिजो साँझसम्म केही रुपमा नियन्त्रणमा लिएको र आज ठूलो पहराबाट डढेलो कट्न नसकेपछि आफै नियन्त्रणमा आएकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले जानकारी दिनुभयो । वनमा लागेको डढेलो नियन्त्रणका लागि प्रहरी चौकी जालपाबाट प्रहरी समेत खटेका थिए । डढेलोले सामुदायीक वन सखाप भए पनि मानवीय क्षति नभएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी राजकुमार केसीले बताए । डढेलो लाग्नुको कारण खुल्न सकेको छैन ।
२०७५ फागुन ३० गते बिहान ८ : ३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology