समायोजन खबर खोटाङ,
सार्वजनिक विदामा जनप्रतिनिधि तथा कर्मचारीले सरकारी सवारी साधनको व्यापक रुपमा दुरुपयोग गर्ने गरेको छ । सरकारी प्रयोजनका लागि भनि राज्यले छुट्याएको बजेटबाट खरीद गरिएको सवारी साधनहरु उनीहरुले मोजमस्तीमा प्रयोग गर्ने गरेको पाइएको हो । सार्वजनिक बिदामा सरकारी साधन चलाउनु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्छ । तर, खोटाङमा त्यसो नगरी मनपरी रुपमा सवारी साधनलाई कर्मचारी तथा जनप्रतिनिधिले आफू अनुकुल प्रयोग गर्दै आएका छन् ।
गत फागुन १६ गते संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको शोक मनाउन सरकारले सार्वजनिक बिदा दिएको थियो । तर, त्यही दिन जिल्लाका आधा दर्जन कर्मचारीहले गाडीदेखी मोटरबाईकसम्म हिउँ खेल्न मुढे लगे । मोजमस्तीमा प्रयोग गरे । सञ्चार माध्यममा व्यापक रुपमा समाचार आयो । सामाजिक सञ्जालमा व्यापक विरोध भयो । सरकारी सवारी साधन दुरुपयोग गर्ने चार कार्यालयको पहिचान भएको छ । अहिलेसम्म चारवटा कार्यालयको पहिचान भएपनि तीनवटा सवारी साधनको पहिचान हुन बाँकी छ । यहि विषयमा समायोजन खबरले केही समयअघि प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसँग गरेको कुराकानी ।
मैले यसको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छु । तपाईको मिडियामा आइसकेपछि त्यसको भोलीपल्ट मैले उहाँलाई जिम्मेवारी दिएको हो । संम्भवत अनुसन्धान अगाडी वढेको होला । केही गाडीहरु पहिचान भएको मैले बुझेको छु ।
तपाईले भन्नुभएको कुरा ठिकै हो । सवै सवारी साधनको रेर्कड हामीसँग हुदैन । रेर्कड हामीसँग हुने हो भने फलानोको गाडी, फलानो कार्यालयको गाडी भनेर भन्न सक्थ्यौ । अब हामीले रेर्कड नभएकाले सोधखोज गर्ने, विगतमा पास लिन आएका छन् भने त्यो नम्बर भेरीफाई गर्ने हो । त्यो कारणले गर्दा पनि डिले चाँही भएको हो ।
त्यसरी सोध्न सकिन्छ । कतिपय कार्यालय होला, कतिपय स्थानीय तहका हुन भने सबै स्थानीय तहलाई सोध्नुप-र्यो । केही उपाय लागेन भने त्यो पनि उर्पयुक्त होला ।
कारवाही भनेको एउटा मोरल ग्राउन हो । कारवाही भनेको उहाँले जिम्मेवारी लिनुपर्ने विषय हो । कार्यालयको कामको सन्दर्भमा उहाँहरु जाँदा अन द रुट परेको हो अथवा बिशुद्ध विदाको दिनमा आफ्नो निजि प्रयोगका लागि सवारी साधन प्रयोग भएकोे हो । त्यो चाँही कार्यालयको जवाफ नआएसम्म केही भन्न सकिन्न । सबैभन्दा महत्वपुर्ण कुरा त्यो कार्यालय कती अनुशासनभित्र रहने भन्ने कुरा समयले मनन गर्ने विषय हो । सेल्भ डिसिप्लेनको पनि विषय हो यो ।
हैन मैले सोधेको छु । बिचमा बिहीबारपछि विदाका कारणले गर्दा पनि समस्या भएको हो । फेरी पनि म फ्लो गर्छु ।
यो विषयलाई धेरै ठूलो पनि नबनाउ । भोलीको दिनमा हामी सचेत भए जाउँ, भोलीको दिनमा दुरुपयोग नहोस । तपाईहरुको पनि अभिप्राय त्यही हो जस्तो लाग्दछ । मान्छेलाई, कसैलाई, जरिवाना गर्ने, कुनै कार्यालयको गाडी हो भने, कार्यालय प्रमुखलाई तपाईले यसो गरेकाले जरिवाना तिर्नु भनेर त भन्न सक्दिन । त्यसो भएको हुनाले उहाँहरुलाई सचेत बनाउने र व्यक्ति आफैले यदि गल्ती गरेको हो भने उसले आत्मबोध गर्ने विषय हो । हामी त्यही हिसाबले, सुधारात्मक हिसाबले अगाडी जाउँ भन्ने नै मेरो चाहाना हो ।
यो पनि पढ्नुहोस
सरकारी साधन दुरुपयोग प्रकरण : एक कार्यालयले बुझायो स्पष्टीकरणको जवाफ
२०७५ फागुन २९ गते अपरान्ह २ : ०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology