चिसाङ शेर्पा खोटाङ,
खोटाङको नुनथला गैरीमा सामुदायिक पार्टी घर निर्माण भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला साविक वडा नं. ८ स्थित गैरीमा तामाङ र शेर्पा समुदायका लागि व्यवस्थित सामुदायिक पार्टी घर निर्माण भईरहेको हो ।
स्थानीय ३३ घरधुरीबाट प्रतिघर हजार रुपैयाँ संकलन र वडाको ४ लाख ५० हजार आर्थिक सहयोगमा करीव दुइ महिना अघिबाट निर्माणाधिन सामुदायिक पार्टी घरको काम समापन चरणमा आइपुगेको छ । फलामे ट्रस प्रयोग गरी निर्माण गरिएको पार्टी घरमा जस्तापाता लगाउन लगायतका काम बाँकी रहेको तामाङ तथा शेर्पा समुदायको सामुदायिक पार्टी घर निर्माण उपभोक्ता समिति अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो । बिनियोजन भएको बजेटमध्ये जस्तापाता खरीदमा १ लाख ४८ हजार, काँटीमा ९ हजार, फलामे ट्रस खरीदमा २ लाख ४० हजार र ढुंगा, गिटी बालुवामा २६ हजार ५८० खर्च भइसकेको छ ।
बिनियोजन बजेट र स्थानीयबाट संकलन गरेको रकमले जसोतसो उक्त पार्टी घर निर्माण भए पनि शौचालय, पानी, विधुतका लागि रकम अभाव हुने वडा सदस्य ढकराज शेर्पाले बताए । हामी महिला पुरुष अलग–अलग शौचालय, पानी र बत्तीको व्यवस्थापन गर्ने सोचमा छौ । उनले भने, ‘तर बजेट छैन । सम्बन्धित निकाय तथा अन्यबाट सहयोगको अपेक्षा गरेका छौ ।’ पार्टी घर निर्माणका लागि स्थानीय पेमाछिरी शेर्पा र दोर्ची शेर्पाले दुई रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् । पार्टी घरमा विवाह, घेवा (मृत्युपछिको अन्त्योष्टि), पार्टी, चाडपर्वमा सामुहिक भोज गर्न सकिनेछ । पार्टी घर निर्माण भइ सञ्चालनमा आएपछि स्थानीयलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ । उक्त क्षेत्रमा शेर्पा र तामाङ समुदायको बाहुल्यता रहेको छ ।
२०७५ फागुन २८ गते अपरान्ह १ : ३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology