समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले राष्ट्रव्यापी साईकल यात्रा सुरु गर्नुभएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धमा सघाउ पु¥याउने लक्ष्यका साथ श्रेष्ठले आजदेखि राष्ट्रव्यापी साईकल यात्रा सुरु गर्नुभएको हो ।
प्रचुर सम्भावना बोकेको भए पनि ओझेलमा रहेका त्रि–धार्मिकस्थल हलेसी, बराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँ लगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसारमा श्रेष्ठले जिल्ला समन्वय समितिको प्रांगणबाट साईकल यात्रा थाल्नु भएको हो । साईकल यात्री श्रेष्ठलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय समितिका सदस्य चर्च बिश्वकर्मा, नेकपा नेता राम दंगाल, दिपक पाण्डे, नयाँ शक्ती खोटाङका इन्चार्ज सुर्य राई लगायतले यात्राको सफलताको कामना गर्दै बिदाई गर्नुभएको छ ।
आफ्नो देशव्यापी भ्रमण भ्रष्टाचार बिरुद्ध समेत हुने श्रेष्ठले बताउनुभयो । यात्रा सुरु गर्नुअघि जिससको सभाहलमा भएको साईकल यात्रा उद्घाटन कार्यक्रममा यात्री श्रेष्ठले प्रकाशन गरेको ‘खोटाङको प्राकृतिक सम्पदा’ नामक पुस्तक बिमोचन गरिएको छ ।
२०७५ फागुन २७ गते साँझ ६ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology