• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बैदेशिक रोजगारीका कथा समेटिएकोे ‘आफु त हजुर’ भिडियो बजार

बैदेशिक रोजगारीका कथा समेटिएकोे ‘आफु त हजुर’ भिडियो बजार


समायोजन खबर
  • सोमबार, फाल्गुन २७ २०७५

  • भिडियो गीतमा अभिनय गर्दै कलाकार । समायोजन खबर

    समायोजन खबर खोटाङ,
    गायक इसान बशन्तको नयाँ भिडियो गीत बजारमा आएको छ । सांगीतिक क्षेत्रमा संघर्षरत गायक इसानको ‘आफु त हजुर’ बोलको गीत बजारमा आएको हो । विकास चौधरीको शव्द र संगीत रहेको गीत आईतबार खिचडी नेपाल प्रोडक्सनको यूटुवमार्फत सार्वजनिक गरिएको हो । बैदेसिक रोजगारमा गएका नेपाली युवाको कथा–व्याथा र समस्यालाई चित्रण गरिएको भिडियो गीतमा गायीका÷मोडल अर्जुना राई, शुभम चामलीङ, निश्चल राई, शुभकाजी लगायतको अभिनय रहेको छ ।

     

    आवर मञ्जुश्री स्टुडियोमा रेकर्ड गरिएको भिडियो गीत सञ्जय हमालको एरेन्जमा रिलिज गरिएको हो । हाल स्वयम्भु बसिरहेका गायक इसानले २०७१ सालदेखि औपचारिकरुपमा सांगीतिक यात्रा सुरु गरेका हुन् । यसअघि ‘फेरी पनि’ बोलको राष्ट्रिय गीत बजारमा ल्याइसकेका इसानले तीन वटा नयाँ गीत तयार भइरहेको बताए ।
    २०७५ फागुन २७ गते साँझ ६ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology