• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अधिकारीको पार्थिव शरिर नेकपा कार्यालयमा

अधिकारीको पार्थिव शरिर नेकपा कार्यालयमा


समायोजन खबर
  • आइतबार, फाल्गुन १९ २०७५

  • समायोजन खबर काठमाण्डौ,
    नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ ।

     

    अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

     

    पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने छ । त्यसका लागि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ । अधिकारीलाई दिने श्रद्धाञ्जलीको विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

    २०७५ फागुन १९ गते बिहान ९ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology