समायोजन खबर काठमाडौ,
शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको अन्त्यष्टि आज नै गरिने भएको छ । अधिकारीको अन्तिम श्रद्धान्जली आइतबार विहान ९ बजेदेखि १२ बजे सम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने र त्यस लगत्तै अधिकारीको पशुपति आर्यघाटमा दाहशंकार गरिने नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ ।
८२ वर्षका अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेटमा मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटलमा निधन भएको थियो । तत्कालिन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै बनाऔ जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए। मन्त्री अधिकारीका श्रीमती र तीन छोरी छन् ।
२०७५ फागुन १९ गते बिहान ८ : ४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology