समायोजन खबर काठमाण्डौ,
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहिबार अचानक अस्वस्थ भएपछि उनी उपचारार्थ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । उहाँका स्वकीय सचिव दुर्गा चापागाइँका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले आज दिउँसो घर पठाउने तयारी भईरहेको छ ।
उहाँको उपचारमा चिकित्सकहरु यादवदेव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न हुनुहुन्छ । मन्त्रीपुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नै उक्त अस्पताल पुगेर स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको थियो । यस्तै, हिजो पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताहरुले मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
२०७५ फागुन १८ गते बिहान ८ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology