समायोजन खबर काठमाण्डौ,
थाईल्याण्डमा सम्पन्न आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली आज अपरान्ह स्वदेश फर्किएका हुन् । बैँककमा हिजो सकिएको छनोटमा उपविजेता बनेपनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
७ राष्ट्र रहेको छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान थियो । यस्तोमा आयोजक थाईल्याण्ड शीर्ष स्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । छनोटमा नेपाल थाइल्याण्डसँग नै पराजित भएको थियो । नेपाल थाइल्याण्डसँग ५८ रनले पराजित भएको थियो । अन्य टोलीलाई भने नेपालले हराएको थियो ।
२०७५ फागुन १६ गते राती ९ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology