• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हेलिकप्टर दुर्घटना प्रकरण : श्रद्धाञ्जली कार्यक्रम भोली बिहान ८ बजेदेखि

हेलिकप्टर दुर्घटना प्रकरण : श्रद्धाञ्जली कार्यक्रम भोली बिहान ८ बजेदेखि


समायोजन खबर
  • बिहिबार, फाल्गुन १६ २०७५

  • हेलिकोप्टर दुर्घट्नास्थल

    समायोजन खबर काठमाण्डौ,
    एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको आज हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम पोष्टमार्टम नसकिएकाले शुक्रबार मात्रै हुने भएको छ ।

     

    शवको पोस्टमर्टमको काम आज नसकिने भएकाले आजका लागि तय भएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको हो । श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएको छ । यसैविच, हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शवको पोस्टमर्टम र परीक्षण आजै नसकिने भएको छ ।

    दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
    २०७५ फागनु १६ गते साँझ ५  :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology