समायोजन खबर काठमाण्डौ,
एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल र्पुयाइएको छ । पोस्टमर्टमका लागि डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोली खटेको अस्पतालले जनाएको छ । टोलीका सदस्य उप्रेतीले एउटा शवको पोस्टमर्टमका लागि कम्तीमा एक घण्टा लाग्ने बताउनुभयो ।
एउटा शवलाई एक घण्टा लाग्ने हुँदा सातै वटा शव पोस्टमर्टम गर्दा कम्तीमा पनि सात घण्टासमय लाग्ने उहाँले बताउनुभयो । पोस्टमर्टम सँगसँगै कतिपय शव नचिनिने अवस्थामा रहेकाले डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लाग्ने उहाँले बताउनुभयो । त्यसैले आजै पोस्टमर्टमको रिपोर्ट दिएर शव निकाल्ने अवस्था नरहेको भन्दै उहाँले रातभर परीक्षण गरेर भोलि बिहान मात्रै शव दिन सकिने सम्भावना रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले आजै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राख्ने भनेकाले पहिला उहाँकै पोस्टमर्टम गरिने पनि डा.उपे्रतीले बताउनुभयो । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।
२०७५ फागनु १६ गते अपरान्ह ३ : २७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology