• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हेलिकोप्टर दुर्घटना मुलुकका लागि अपूरणीय क्षति : नेकपा

हेलिकोप्टर दुर्घटना मुलुकका लागि अपूरणीय क्षति : नेकपा


समायोजन खबर
  • बुधबार, फाल्गुन १५ २०७५

  • हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारी

    समायोजन खबर काठमाण्डौ
    नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधनबाट विकासप्रेमी जनप्रतिनिधि, देशविकासमा समर्पित पर्यटन उद्यमी र राष्ट्रसेवक गुमाएको भन्दै यसले मुलुकलाई अपूरणीय क्षति भएको बताएको हो ।

     

    ‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ’ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेकपाले अधिकारीलाई होनहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएको छ । अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलनमा र्पुयाएको योगदानको पार्टीले उच्च मूल्यांकन गर्ने उल्लेख गरिएको छ ।

     

    २०६४, २०७० र २०७४ सालको संविधानसभा र संसद निर्वाचनमा कास्कीबाट निर्वा्चित अधिकारी अब्बल राजनीतिकर्मीका रुपमा स्थापित भएका नेकपाले उल्लेख गरेको छ । नेकपाले दुर्घटनामा परी ज्यान गुमाउने पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालकप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेको छ ।
    २०७५ फागुन १५ गते साँझ ७ : ३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology