समायोजन खबर काठमाण्डौ,
आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर २ बाट पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले २० सदस्यीय पुरुष टोलीको घोषणा गरेको हो । टोलीमा सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउतकुर्मी, सर्लाहीका रामहरि पौडेल, महोत्तरीका अम्बर बहादुर स्याङ्बो र सन्तोष राई, सिरहाका अनिल माझी, सप्तरीका सुशीलकुमार यादव, धनुषाका सद्दम मंसुर, पर्साका कृष्ण शाक्य, महोत्तरीका निरबहादुर आले र खड्ग बहादुर बलमपाकी रहेका छन् ।
यस्तै सिरहाका राकेश सिंह, सप्तरीका उज्ज्व लसिंह सेवा, रौतहटका रोशन पहरी, बाराका कृष्णकान्त चौधरी, सर्लाहीका रितिक कुमार खड्का, महोत्तरीका गंगाबहादुर आले, सप्तरीका देवानन्द चौधरी र धनुषाका टंकबहादुर सिङतान पनि टोलीमा समेटिएका छन् । आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ मा आयोजना हुँदैछ ।
२०७५ फागुन १४ गते साँझ ६ : ३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology