• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका उदय, कोरियामा आप्रवासी कामदारका नेता

खोटाङका उदय, कोरियामा आप्रवासी कामदारका नेता


समायोजन खबर
  • आइतबार, फाल्गुन १२ २०७५

  • उदय राई

    समायोजन खबर खोटाङ,
    एउटा सामान्य खेतिकिसान बाबु कृष्ण बहादुर राई र आमा देबिचन्द्र राईका चारभाई छोरा र तिन बहिनी छोरि मध्य माईला सन्तानका रुपमा २०२४ सालमा हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ मझुवाको एउटा सानो गाँउमा जन्मिएका उदय राई अहिले दक्षिण कोरियामा परिचित नाम हो । सरस्वती माध्यामिक बिद्यालय दिक्तेलमा माध्यामिक तहसम्मको अध्ययन गर्दासम्म उदयले सप्तरङ्गी ईन्द्रेणीका केवल सात रङ्गको सुन्दरतामात्र बुझेनन् जिबनमा आईपर्ने चुनौतीलाई पनि राम्रोसँग बुझे । बाबुआमाको अथाह परिश्रमले पनि परिवार पाल्न धौ धौ अनी गाँउका शोषक फटाहाले गर्ने दमनको दादागिरी उनलाई पटक्कै मन पर्दैनथ्यो र जरैदेखि उन्मुलन गर्न चाहन्थे अहं सक्दैनथे ।

     

    हरेक पाईला चाल्दा उनले जन्मदिने आमाबाबाका निम्ति सुःख अनि समाजमा भएको दमनसँग मुकाबिला गर्न सकु उनले पुज्ने भगवानसँग यहि कामना गर्दथ्ये अनि यहि आशाका किरण बोकेर उनी त्रिभुबन बिश्वबिद्यालय, कानुन संकाय अन्तर्गतको पहिलो शिक्षालय नेपाल ल क्याम्पसबाट कानुनमा प्रबिणता प्रमाणपत्र तह उर्तीण गर्दा औधी खुसी भए उनी सुनाउँछन् । खोटाङ्गको मझुवादेखि काठमाण्डौको प्रदर्शनीमार्गस्थित कलेजसम्म आईपुग्दा उनले कति छाक खाए त्यो कथामै सिमित होस् उनी थप्छन जिम्मेबार अझ बन्नु छ चुहिएको घरको छानो पहिलो मैले सोचे । उनी प्रदेश जाने नै भए कलेजको छुट्टीमा घरजाँदा बनाएको पासफोर्र्ट काम लाग्ने नै भयो । आफैले निर्णय लिए दक्षिण कोरिया । उनी भिषाको निम्ति न त सम्बन्धीत दुतावासनै लागे न त कसैसँग अनुरोध नै गरे ।

    सन् १९९१ डिसेम्बरको महिना उनले पैसा कमाउँने सपना देख्दै आफना केहि लत्ताकपडासहित त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थलबाट हङकङ्ग हुँदै दक्षिण कोरियाको खिम्पो अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण हुँदा अब त केहि गरिन्छ जिबनमा भन्दै खुसी भए तर त्यो कल्पना थियो उनको । अध्यागमनबाट एराईभरल भिषा अन्तर्गत रहेर पर्यटन भिषा केवल तिन महिनाको पाय त्यहीपनि उनलाई ठुलै प्रगति भयो । समयचक्र सँगै तिन महिना उनलाई बितेको पत्तै भएन उनी अबैधानिक बन्न पुगे । कानुनमा स्नाकोत्तर गरेर वकालत पेशामा नामुद वकिलको रुपमा परिचित होला भन्ने अभिलाषामा रहेका आमाबाबाको सपना सपनामा नै सिमित भयो । सन् १९९१ मा कमाउँन गएको छोरो एकैपटक चौध बर्षपछि कोरियन बुहारी लिएर उनी नेपाल फर्किए । कति कमाए कति सिके कति जिबनमा निखारापन ल्याए ?लामो समय उनी नेपाल रहन सकेनन् दुई बर्षपछि पुःन दक्षिण कोरिया फर्किए ।

     

    त्यसबखत दक्षिण कोरियामा आप्रबासी कामदारहरु थप्पिनेक्रम जारि थियो भने रोजगारदाताले आप्रबासी कामदारमाथि गरिने बिभिन्न शोषणदमन घट्दैनथे क्रमश बढदथे । यसैलाई मध्यनगर गरि कोरियामा आएका आप्रबासी कामदारले कोरियन प्रजातान्त्रिक मजदुर महासंघ(केसिटियु) सँग नजिक रहेर बंगलादेशका आप्रबासी कामदार अनावारको नेतृत्वमा सन् २००५ मा प्रबासी मजदुर संगठन(एमटियु) आप्रबासी कामदारको हकहितका निम्ति गठन गरे भने हाल रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट दक्षिण कोरिया आउँने सोह्र राष्ट्रमध्ये भियतनाम, नेपाल, बंगलादेश, पाकिस्तान, म्यानमार, श्रीलंका, ईन्डोनेसिया र फिलिपिन्सका गरि लगभग १७ सय आप्रबासि कामदार सदस्य छन् । दक्षिण कोरिया अबैधानिक तवरले चौध बर्ष बसाईका क्रममा कोरियन रोजगारदाताको शोषणको मज्जाले अनुभब गरेका उदय राई सन् २००७ मा पुन कोरिया फर्केपछि यसै संगठनमा खुलेरै लागे भने मजदुरका हकहितमा गरिने बिभिन्न –यालीहरुमा उपस्थिती भय सँगै धर्नाका लागि सम्बन्धीत स्थान देखि कानुन मन्त्रालयको अगाडी सम्म आफुपनि बसे । सन् २०१४ देखि बर्तमान सम्म प्रबासी मजदुर संगठनको नेतृत्व सम्हालेका उदयले कोरियाको प्रगतिशित बिचारधाराका राजनीतिक पार्टीका नेताहरुको माध्यमबाट संसदमा समेत आप्रबासी कामदारका हकअधिकारका कुरालाई स्थान दिलाउँन पछि पर्दैनन् भने कहिले संघिय संसदका सभामुखलाई आफै भेटेर आप्रबासी कामदारमाथि रोजगारदाताबाट हुँने दमनको बारेमा समेत जानकारी दिलाउँछन ।

     

    कोरियन प्रजातान्त्रिक मजदुर महासंघ सँग नजिक रहेको प्रबासी मजदुर संगठन यिनै उदय राईको नेत्रृत्वको समयमा सन् २०१५ मा कोरियाको न्याय तथा श्रममन्त्रालयमा बिधिबत रुपबाट दर्ता भएको छ भने प्रत्येक बर्ष सामाजिक क्षेत्रमा भएका उपलब्धीलाई मध्यनजर गदै छन्थेईल फाउन्डेशनले प्रदान गर्ने पचास लाख वनको पुरस्कार राशीले गतबर्ष प्रबासी मजदुर संगठनलाई सम्मान गरेको छ । प्रत्येक बर्षको अगस्ट महिनामा रोजगार प्रक्रिया प्रणाली लागु भएको बार्षिकीमा बृहत –यालीहरुको आयोजना संगठनबाट हुने गर्दछ हामी त्यही मौकामा नेपालका केशब श्रेष्ठको आत्महत्यामा उनले लेखेको सुसाईट नोटमा रोजगारदाताले दिएको टर्चर उल्लेख थियो यसको जिम्मा कोरियन सरकारले लिनुपर्ने भनी दबाब सिर्जना गरेका थियौ भने कोरियन मिडियाहरुले यस बिषयलाई कभरेज गरेका भएतापनि नेपाली दुतावासले यस्ता गतिबिधि गर्दा असर पर्ने भदै नगर्न अनुरोध गरेको थियो तर कुटनीतिक तवरले समर्थन जनाउँन असमर्थ भएतापनि आप्रबासी कामदारका हकहितका बिषयमा कसले बोलिदिने ? हामी रोकिदैनौ श्रमिकको आवाज उठाउँने संस्था यहि हो । हाम्रा आप्रबासी कामदारले रोजगारदाताको असाबधानीका कारण औधोगिक दुर्घटनामा ज्यान गुुमाएका छन् यस बिषयमा किन चिन्तीत नहुने बरु त्यसबखत रोजगारदातालाई कार्बाही गराउँन नसक्दा दुःख लाग्छ उनी निधक्क भन्छन । पारिवारीक भिषामा रहेका उनी अहिले फुलटाईम संगठनकै हितमा खर्च गर्दछन् ।

     

    गतबर्षको अगस्ट महिनामा कोरियन अध्यागमनको धरपकडको क्रममा लडेर म्यान्मारका आप्रबासी कामदार तान्जथेईको मृत्युमा प्रबासी मजदुर संगठनले ब्यापक रुपमा सरकारको बिरोध गरयो भने पछि यस घटनालाई बाध्यभएर कोरियाको मानवअधिकार आयोगले छानबिन गरि सरकार दोषी रहेको निष्कर्ष सहित भबिष्यमा यस्ता गल्ती नदोराउँन कोरियन सरकारलाई सचेत गरायो । प्रबासी मजदुर संगठनले बृहत रुपमा उठाएको मागलाई केहिहद सम्म भएपनि रोजगारदाताको कमजोरी,ज्याला भुत्तानी नदिएमा,खाना लगाएत शौचालयको दुरि मौसम अनुसार तातो चिसो कोठाको मापदण्ड पुरा नगरेमा,महिला कामदारमाथि यौनदुब्र्यहार भएमा रोजगारदाताको अनुमतीबिनापनि कार्यस्थल परिबर्तन गर्न पाउँने अधिकारलाई कोरियन सरकारले यहि फेब्रुअरि महिनादेखि कार्यान्वयनमा गरेको छ । अन्तिममा उनी भन्छन संगठनमा आबद्ध आप्रबासी कामदारको अथाह प्यार अनी प्रजातान्त्रिक बिचारधारा अंगाल्ने कोरियन राजनीतिज्ञको सहयोग सहित कोरियन प्रजातान्त्रिक मजदुर महासंघको संर्घषले हामी आप्रबासी कामदारका हकअधिकार सुनिश्चिता गर्न सक्छौ । म मैले भ्याए र सकेसम्म आप्रबासी कामदारका हकहितका निम्ति लड्ने प्रतिबद्धता सँगै प्रण गर्दछु जसले गर्दा हरदम म अनि मेरो राष्ट्र जो कोहिले सम्झिरहोस् । अर्जुन बरालको सहयोगमा
    २०७५ फागुन १२ गते साँझ ५ :२५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology