चिसाङ शेर्पा बिराटनगर
एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगिताको पुरुष कुमितेतर्फ खोटाङ फाईनलमा प्रवेश गरेको छ । आठौं राष्ट्रिय कराते प्रतियोगिताका लागि बिराटनगरमा भइरहेको प्रतियोगिताको ६० केजी तौल समुहमा खोटाङ र मोरङ फाईनलमा पुगेको हो ।
मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशाला कभर्डहलमा गत गत मंगलबारबाट सुरुवात भएको तीन दिवसीय प्रदेश स्तरीय कराते प्रतियोगिताको तेश्रो दिन बिहीबार ६० केजी तौल समुहमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोइराला फाईनलमा पुगेका हुन् । इलामका सविन मगर र तेह्रथुमका मन कुमार राईले कास्य पदक जितेका छन् ।
यस्तै,आजै भएको ५५ केजी तौल समुह पुरुष कुमितेमा मोरङ र झापा फाईनलमा पुगेको छ । खोटाङबाट अर्जुन श्रेष्ठले प्रतिस्पर्धा गरे पनि उनले जित हासिल गर्न सकेन । बुधबार भएको ५० केजी तौल समुह पुरुष कुमितेमा मोरङका महेश यादव र ओखलढुंगाका मिलन राई फाईनलमा पुगेका छन् । भोजपुरका शन्देस राई र झापाका अरुण कुमार लिम्बुले कास्य पदक जितेको थियो । महिला पुरुष कुमिते प्रतियोगिताको फाईनल खेल अन्त्यमा गराइने आयोजकले जनाएको छ ।

पुरुष कुमितेमा सुनसरीका आशिष मगर (निलो बेल्ट)सँग फाईट गर्दै खोटाङका खेलाडी सन्तोष राई(रातो बेल्ट)मा
प्रतियोगितामा (स्वर्ण) जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा हुने आठौं राष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न पाउनेछन् । ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथमा १७ स्वर्ण, १७ रजत र ३४ कास्यगरी ६८ विधामा प्रतियोगिता भइरहेको छ । १७ स्वर्ण पदक जित्ने खेलाडी राष्ट्रिय प्रतियोगितामा जानेछ । प्रदेश स्तरीय कराते प्रतियोगितामा १४ जिल्लाले सहभागिता जनाएको छ ।
को हुन सन्तोष राई जान्नुहोस

सन्तोष राई । तस्विर चिसाङ शेर्पा
खाशगरी आफ्नो दिदि नैनाकला राईको प्रेरणाकै कारण कराते खेलमा लागेका सन्तोष राई एक कुशल कराते खेलाडी हुन् । बाम्राङका सन्तोष राईले जिल्ला खेलकुद बिकास समिति हुंदा पनि जिल्लामा खेलकुदको गतीविधि सुनसान हुंदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आफुलाई पारेर उनले सम्बन्धित निकायलाई नैतिक चुनौती दिदै आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा २०४७ असार २५ गते जन्मिएका उनको औपचारिक शिक्षा सावित्रा मावि बाम्राङबाट शुरु भएर सोही बिद्धालयबाट २०६३ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।
बाल्यकालबाट कराते खेल्न शौखिन उनले एसएलसी गर्न अगावै २०६२ फागुनबाट औपचारिक रुपमा ईचंगु नारायण कराते डोजो ढुंगेधारा नार्गाजुनमा सिक्न थालेका हुन् । तीनबर्ष कराते प्रशिक्षार्थी भएर उनीले पुनः बालाजु कराते एकेडेमीबाट करातेको दोश्रो डान (निदान) पार गरेका हुन् । कराते खेल खेल्दै गर्दा उनले दिक्तेल बहुमुखी क्याम्पसबाट प्रबिणता प्रमाणपत्र सम्मको मात्र अध्ययन गरेका छन् ।स्थानिय स्तरमा धेरै खेलकुदका गतिविधिमा सहभागिता जनाएका उनी खेलकुदमा आउनु आफ्नै दिदिको अलवा गुरुहरु बिकृष्ण शाही, धु्रब बिक्रम मल्ल, श्याम सुनुवार र नेपाल सितोरियो करातेसंघ खोटाङका प्रमुख प्रशिक्षक सन्जय कुमार राई रहेको सुनाए । मेहेनत र परिश्रमले कराते खेलप्रती आफु सन्तुष्ट भएको सन्तोषले बताएका छन् ।
यो पनि पढ्नुहोस
पहिला प्रशिक्षार्थी, अहिले प्रशिक्षक : कराते खेलाडी-सन्तोष राई
२०७५ फागुन ९ गते अपरान्ह २ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology