चिसाङ शेर्पा फागुन/२६ खोटाङ,
खोटाङ बाम्राङका सन्तोष राई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आबद्ध छन् । सन् २०१८ भित्र ईन्डोनेशियामा हुने एसियन कराते प्रतियोगिताका लागि तयारी गर्न राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका हुन् । खेल खेल्नुपर्छ, खेलले आत्मरक्षा र स्वस्थ्य बनाउन सहयोग पु¥याउँछ भन्ने आफ्नो दिदि नैनाकला राईको प्रेरणाकै कारण कुमिते (फाईट) ६० केजी तौल समुहको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका हुन् ।
जिल्ला खेलकुद बिकास समिति हुंदा पनि जिल्लामा खेलकुदको गतीविधि सुनसान हुंदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आफुलाई पारेर उनले सम्बन्धित निकायलाई नैतिक चुनौती दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा २०४७ असार २५ गते जन्मिएका उनको औपचारिक शिक्षा सावित्रा मावि बाम्राङबाट शुरु भएर सोही बिद्धालयबाट २०६३ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।
बाल्यकालबाट कराते खेल्न शौखिन उनले एसएलसी गर्न अगावै २०६२ फागुनबाट औपचारिक रुपमा ईचंगु नारायण कराते डोजो ढुंगेधारा नार्गाजुनमा सिक्न थालेका हुन् । तीनबर्ष कराते प्रशिक्षार्थी भएर उनीले पुनः बालाजु कराते एकेडेमीबाट करातेको दोश्रो डान (निदान) पार गरेका हुन् । कराते खेल खेल्दै गर्दा उनले दिक्तेल बहुमुखी क्याम्पसबाट प्रबिणता प्रमाणपत्र सम्मको मात्र अध्ययन गरेका छन् ।
स्थानिय स्तरमा धेरै खेलकुदका गतिविधिमा सहभागिता जनाएका उनी खेलकुदमा आउनु आफ्नै दिदिको अलवा गुरुहरु बिकृष्ण शाही, धु्रब बिक्रम मल्ल, श्याम सुनुवार र नेपाल सितोरियो करातेसंघ खोटाङका प्रमुख प्रशिक्षक सञ्जय कुमार राई रहेको सुनाए ।
मेहेनत र परिश्रमले कराते खेलप्रती आफु सन्तुष्ट भएकोे सन्तोषले बताएका छन् । माघ २ गतेबाट काठमाण्डौमा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बिहान ८ बजेदेखी १० बजेसम्म करातेको तालिम लिई रहेको उनले बताए । राष्ट्रिय टिमबाट बचेको समयलाई करातेमै खपत गर्छु’ उनले भने, हिजो जुन स्थानले मलाई यस स्थानमा आउँन सहयोग गरेको छ । म त्यही डोजोमा मुख्य प्रशिक्षक रहेको छु ।’
आफुले जहाँबाट करातेको प्रशिक्षण लिएर खेलाडी भए पनि अहिलेसम्म जिल्लाकै नाम राख्न कराते खेलिरहेको राईले बताउनुभयो । आफू बच्ने र अरुलाई बचाउनुपर्छ भन्ने मान्यता लिएर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा तालिम गरिरहेका उनी ईचंगु नारायण कराते डोजो ढुंगेधारको प्रमुख प्रशिक्षक हुन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology