समायोजन खबर खोटाङ,
खोटाङमा बाँदर समाउ अभियान थालिएको छ । समातेर नजिकका राष्ट्रिय निकुञ्जमा पु¥याउनेगरी मंगलबारदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समाउन थालिएको हो । भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवार सिकारीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिमबाट २५ वटा बाँदर समातेका छन् । लफ्याङकै खर्काको दुई स्थानमा पनि जाल थाप्ने तयारी भइरहेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताउनुभयो ।

लफ्याङमा बाँदर समाउदै शिकारी
अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समाउन अभियान थालिएको हो । जालमा बाँदर पारेर समातेको हेर्नका लागि स्थानीयको भीड लागेको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो । किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जाल थापेर समाएर निकुञ्जमा पु-याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई भित्र्याइएको हो ।
२०७५ फागुन ७ गते राती ९ ः २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology