समायोजन खबर काठमाण्डौ,
नेपाली कांग्रेसले संसदीय सुनुवाइ विशेष समितिको आजको बैठक बहिष्कार गरेको छ । माघ ६ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई नबोलाइएको प्रति आपत्ति जनाउँदै समितिको सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सदस्यहरू अनुपस्थित भएका हुन् ।
दुई साताअघि बसेको सुनुवाइ समितिको बैठकलाई पनि कांग्रेसले बहिष्कार गरेको थियो । संवैधानिक परिषद्को बैठकका निर्णयप्रति विरोध रहेकाले उपस्थित नभएको कांग्रेस सांसदहरूले बताएका छन् । अब हुने बैठकमा पनि सहभागी नहुने कांग्रेसले जनाएको छ ।
यसैबीच संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रस्तावित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीको सुनुवाइ पर्सि मङ्गलबार गर्ने भएको छ । सुनुवाइ समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने चारजना सांसद छन् । १५ सदस्यीय समितिको अर्को बैठक पर्सि बस्नेछ ।
२०७५ फागुन ५ गते साँझ ६ : १० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology