समायोजन खबर काठमाण्डौ,
पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा र पहाडी भूभागमा हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभाव हिजो बेलुकादेखि नै देखिएकाले मौसम पूर्ण रुपमा बदली भई तराईका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
देशका अधिकांश उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम स्तरको हिमपात भइरहेकाले भोलि पनि यस्तै स्थिति हुने र पसी शनिबार अबेर रातिसम्म हिमपात हुने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार वायुमा जलवाष्पको मात्रा बढी सक्रिय रहेकाले मध्यपश्चिम र उच्च हिमाली भेगमा हिमपात भइरहेको छ । यसका साथै भोलि पनि उक्त क्षेत्रमा हिमपात र केही स्थानमा भारी वर्षा भइरहेको छ । पश्चिमका क्षेत्रमा बुधबार रातिदेखि नै पानी परिरहेको छ भने हिमाली क्षेत्रमा हिमपात हुने छ । पश्चिमी वायु बिस्तारै मध्य हुँदै पूर्वी क्षेत्रमा सर्दै गएकाले आज बिहानदेखि काठमाडौँ उपत्यकासहित देशका मध्य क्षेत्रमा पनि बदली तथा वर्षा भएको हो ।
२०७५ माघ २४ गते राती ८ : १५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology