• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित, महँगो पारिश्रमिक लिएको खुलासा

खोटाङका पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित, महँगो पारिश्रमिक लिएको खुलासा


समायोजन खबर
  • बिहिबार, माघ २४ २०७५

  • चलचित्र निर्माण समुहसँग सम्झौता गर्दै पबन भट्टराई लगायत । तस्विर समायोजन खबर

    समायोजन खबर काठमाडौं,
    खोटाङका सञ्चारकर्मी तथा मोडल पवन भट्टराई नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । बुधबार (हिजो)मात्रै चिलचित्र निर्माण समुहले भट्टराईसंग सम्झौता गरेको छ । उक्त सम्झौतासंगै भट्टराईले महँगो पारिश्रमिक लिएको पनि खुलासा भएको हो ।

     

    ‘किराती ईन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम भने निर्माण पक्षले अहिले खुलाउन चाहेन् । उक्त चलचित्रका निर्देशक बिश्चल किरातीले भट्टराईलाई भने आफूहरुले चाहेअनुसारकै लगानी गरेको सनसनीपूर्ण खुलासा गरे । चलचित्रमा मुख्य कलाकारहरुको रुपमा रमित ढुंगाना, सोहित मानन्धर र पवन भट्टराईलाई अनुबंन्धित गरिसकेको निर्देशक राईले जनाए । आगामी चैतको पहिलो साताबाट छायांकनको काम सुरु गर्ने तयारीमा आफूहरु जुटिसकेको पनि राईले स्पष्ट पारे ।

    यद्यपी, उनले चलचित्रमा नायिका को अनुबन्धित भएको भन्नेबारे कुनै जानकारी गराएनन् । उनका अनुसार नायिका तथा बाँकी कलाकारको नाम बिस्तारै खुलाउँदै जाने निर्माण पक्षको योजना छ । नयाँ चलचित्रमा आफू अनुबन्धित भएको समाचार स्वयंम् भट्टराईले पनि आफ्नो समाजिक सञ्जालमार्फत पुष्टि गरेका छन । केही दिन पहिले यसै चलचित्रको लागि नायक रमित ढुंगानाले १८ लाख पारिश्रमिक लिएको खबरले बजारमा चर्चा पाएको थियो ।
    २०७५ माघ २४ गते साँझ ५ : ०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology