• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडक निर्माणको काम रोक्न अन्तरिम आदेश

सडक निर्माणको काम रोक्न अन्तरिम आदेश


समायोजन खबर
  • बिहिबार, माघ २४ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    जिल्ला अदालत खोटाङले खेत तथा कुलोलाई असर पुग्ने गरी सुरु गरिएको सडक निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ । अदालतले खोटेहाङ गाउँपालिका–७ लिच्कीराम्चेस्थित रुम्दु–पिप्ले–फोक्सिङटार सडक निर्माणको काम आगामी माघ २९ गतेसम्मका लागि यथास्थितिमा रोक्न अन्तरिम आदेश दिएको श्रेष्तेदार लालबहादुर कार्कीले बताउनुभयो ।

     

    सावा खोला किनारको खेत र कुलो विनास गर्नेगरी डोजर लगाएर सडक निर्माण सुरु गरिएको भन्दै माघ २० गते निषेधाज्ञाका लागि चार जग्गाधनीको मुद्दा दायर भएपछि अदालतको यस्तो आन्तरिम आदेश आएको हो । माघ २९ गते दुवैपक्षलाई बोलाएर छलफल गराउने र सडक निर्माणको काम यथास्थितिमा रोक्ने वा अघि बढाउने टुङ्गो लगाइने अदालतले जनाएको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीतर्फबाट माघ ७ गतेदेखि सडक निर्माणको काम सुरु गरिएपछि जग्गाधनी निषेधाज्ञाका लागि अदालत पुगेका हुन् ।
    २०७५ माघ २४ गते दिउसो २ : ०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology