• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँदर नियन्त्रण : नगरपालिकाले दियो ५ लाख

बाँदर नियन्त्रण : नगरपालिकाले दियो ५ लाख


समायोजन खबर
  • बिहिबार, माघ २४ २०७५

  • बाँदर नियन्त्रणका लागि भारतीय पेसेवार शिकारीलाई रकम हस्तान्तरण गर्दै नगरप्रमुख दिपनारायण रिजाल । तस्विर समायोजन खबर

    समायोजन खबर खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर नियन्त्रणको काम शुरु गरेको छ । किसानहरुले खेतबारीमा लगाएको अन्नबाली तथा फलफुल खेतीलगायतका बालीनालीसखाप बनाएर हैरान पारेको बाँदरलाई भारतीय पेसेवार शिकारीमार्फत समातेर राष्ट्रिय निकुञ्ज पु-याउने तयारी गरेको हो ।

     

    यसका लागि भारत खुसीनगर उत्तरप्रदेशका मुखतार खान शिकारी र साविर खान शिकारीलाई दिक्तेल आएका छन् । बाँदर नियन्त्रणका लागि बाँदर व्यवस्थापन समितिलाई नगरपालिकाले हिजो पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रतिगोटा दुई हजारका दरले २ सय ५० वटा बाँदर समातेर निकुञ्जसम्म पु-याई छाड्नका लागि नगरपालिकाले उक्त बजेट उपलब्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । नगरप्रमुख रिजालले बाँदर नियन्त्रणका लागि रकम अभाव भएमा थप रकम समेत नगरले व्यबस्था गर्ने उहाँको भनाइ छ ।
    २०७५ माघ २४ गते दिउसो १ : ५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology