चिसाङ शेर्पा खोटाङ,
वडा कार्यालय लफ्याङका लागि एम्बुलेन्स प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङलाई एकवटा एम्बुलेन्स प्राप्त भएको हो । प्राविधिक शिक्षालय स्थापनाका लागि सञ्चालित पुराणको अन्तिम दिन बुधबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लफ्याङलाई दिएकोे एम्बुलेन्स उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको प्रमुख सल्लाहकार डा. कृष्ण कुमार राईले लफ्याङका वडाध्यक्ष निर्मल राईलाई हस्तान्तरण गरेका छन् । प्राप्त एम्बुलेन्सले लफ्याङवासी बृद्ध, गर्भवती महिला र गरीव असाहयलाई जिल्ला अस्पतालसम्म निःशुल्क सुविधा दिने वडाध्यक्ष राईले बताए । ‘अन्य के कस्ता सेवा दिन सकिन्छ भन्ने’ विषयमा छिट्टै आगामी दिनमा छलफल गरिने उनको भनाई छ ।

यसैविच, लफ्याङको श्रीमावि बाँसबोटे माविमा प्राविधिक शिक्षालय स्थापनाका लागि गत बुधबार (माघ १६) गतेदेखी सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण समापन भएको छ । प्राविधिक शिक्षालय स्थापनागरी गाउँघरमै प्राविधिक शिक्षा दिने उद्देश्यले सञ्चालित पुराणबाट (बैंक तथा खातामा जम्मा भएको वाहेक) १९ लाख ५५ हजार ४२५ रुपैयाँ आर्थिक संकलन भएको श्रीमावि बाँसबोटेका विद्धालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए । शिक्षाजस्तो महान कार्यको थालनीमा सवैले देखाएको साथ सहयोगबाट प्राविधिक शिक्षालय स्थापना गर्नमा हौसला बढेको र स्थापना गरेरै छाडिने विव्यास अध्यक्ष राईले बताए ।
२०७५ माघ २३ गते साँझ ५ : ०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology