• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गलत नीतिका कारण पहाडको विकास हुन सकेनः डा.भट्टराई

गलत नीतिका कारण पहाडको विकास हुन सकेनः डा.भट्टराई


समायोजन खबर
  • बुधबार, माघ २३ २०७५

  • पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई

    समायोजन खबर सिन्धुली,
    नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले विगतका शासकको गलत नीतिका कारण पहाडको विकास हुन नसकेको बताउनुभएको छ । समावेशी विकासले मात्रै पहाडमा समृद्धि आउने र यसका लागि केन्द्रलाई भन्दा स्थानीय तह र त्यसमा पनि वडासँग बढी अधिकार हुनुपर्ने उहाँको भनाइ छ ।

     

    सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.३ ग्वाल्टारमा मंगलबार आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराइले पहाडबाट बसाइसराई गर्नुको साटो पहाडमा नै विकास र समृद्धि ल्याउनेतिर ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    पहाडमै संबृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि पुर्वप्रधानमन्त्री भट्टराई मध्यपहाडी लोकमार्ग पछ्याउँदै आईतबार डा. भट्टराई खोटाङमा आइपुग्नु भएको थियो । डा. भट्टराइ खोटाङ हुंदै सिन्धुली पुग्नु भएको हो । खोटाङमा उहाँले मध्यपहाडी लोकमार्गको कामको गति र गुणस्तरका बारेमा अवलोकन गर्दै चखेवाभञ्ज्याङबाट खोटाङ प्रवेश गर्नुभएका भट्टराईले सेखुवा, पेलुङ, वानाचुङ, सन्सारीडाँडा र नुनथलाका स्थानीयसँग सम्वाद गर्नुभएको थियो ।
    २०७५ माघ २३ गते बिहान ९  : ०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology